• काठमाडौं । हरितालिका तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । तीजमा भगवान शिवको आराधना मुख्यरुपमा गरिन्छ ।

    भाद्रपद मासको महत्त्व
    चैत्रादि गणना अन्तर्गत भाद्रपद छठौं मास हो । यस महिनाको पूर्णिमाको आसपास पूर्वाभाद्रपदा नक्षत्र आउँदछ । त्यसैले यस महिनालाई ‘भाद्रपद’ भनेर पनि चिनिन्छ । यस महिनाको अर्को नाम हो ‘नभस्य’ ।

    भाद्रपद महिनामा श्रीविष्णुको कृपाको लागि मह र घी प्रयोग गरि बनाएको खीरको साथ गुडभात एवं नुनको दान दिने विधान वामनपुराणमा उल्लेख छ । यस महिनामा एकभुक्त रहनाले अर्थात केवल एक पटक मात्र भोजन गर्नाले ऐश्वर्य प्राप्ति हुन्छ । यस महिना हरितालिका, गणेशचतुर्थी, ऋषिपञ्चमी, ज्येष्ठागौरी एवं अनन्त चतुर्दशी जस्ता विशेष व्रतहरु छन् । यी मध्ये श्रीगणेश चतुर्थी, व्रतको साथ-साथै त्यौहार तथा उत्सवको रूपमा पनि मनाइन्छ ।

    हरितालिका
    यो व्रत (उपवास) भाद्रपद शुक्ल पक्ष तृतीयामा मनाइन्छ । माता पार्वती यस व्रतको प्रमुख देवता हुन् । यस व्रतमा उमा-महेश्वरको मूर्तिको स्थापना गरि यथाविधि उनको पू्जा गरिन्छ । कतिपय प्रदेशहरुमा देवता पूजनको साथ हवन पनि देवताको पूजासँगै गरिन्छ, जसमा तिल एवं घ्यू इत्यादि चढाइन्छ । यस दिन ‘हरिकाली’, ‘हस्तगौरी’ एवं ‘कोटेश्वरी’ इत्यादि माता पार्वतीका रूपहरुका व्रत पनि गरिन्छ । विशेष गरी स्त्रीहरु नै यो व्रत गर्छन् ।

    हरितालिका व्रतका उद्देश्य एवं लाभ
    माता पार्वतीले शिवजीलाई वरको (दुलहाको) रूपमा प्राप्त गर्नको लागि यो व्रत गर्नुभएको थियो । त्यसकारण विवाहयोग्य कन्याहरु अनुरुप वर (दुलहा) प्राप्तिको लागि यो व्रत गर्छन्, त्यसैले सुहाग अखण्ड बनाई राख्नको लागि सुहागन स्त्रीहरु पनि यो व्रत गर्दछन् ।

    हरितालिका व्रत गर्नाले हुने फाईदाहरु
    १. व्रतको दिन उपवासको कारण देह (शरीर) पवित्र हुन्छ ।
    २. ब्रह्माण्डमा विद्यमान शिवतत्त्व, व्रतकर्तीतर्फ आकर्षित हुन्छ ।
    ३. उनको शीघ्र आध्यात्मिक उन्नति हुनमा सहायता हुन्छ ।
    ४. कठोर व्रतपालन गर्नाले मृत्युपछि व्रतकर्तीलाई शिवलोकमा स्थान प्राप्त हुन्छ ।
    यस प्रकार यो व्रत यस जन्ममा सांसारिक विघ्न हटाउन एवं मृत्युपछि लाभ प्रदान गर्दछ ।

    हरितालिका व्रतांतर्गत देवतापूजनको पूर्वायोजन एवं प्रत्यक्ष पूजन
    प्रातःकाल मंगलस्नान गरि पार्वती एवं उनको मित्रको मूर्ति ल्याएर शिवलिंगसहित पूजा गरिन्छ । भक्तहरु रातभर जागरण रहन्छन् अनि भोलिपल्ट उत्तरपूजा (समापन पूजा) गरिसकेपछि लिंग तथा मूर्ति विसर्जन गर्दछन् ।

    सनातन हिन्दु धर्ममा प्रत्येक मासको विशेष महत्त्व छ । साथै प्रत्येक मासमा वातावरणमा हुने परिवर्तनको परिणाम सृष्टिमा पनि हुन्छ । यसको विचार गरि शास्त्रमा प्रत्येक मासमा केहि विशेष धार्मिक कृत्य गर्नुको विधान बताएको छ । यसमा केहि त्यौहार, केहि उत्सव, केहि व्रत पनि अन्तर्भूत छन् । तिनीहरुका अध्यात्मशास्त्रीय महत्त्व एवं आधार बुझ्नाले श्रद्धा बढ्नमा मद्दत हुन्छ । प्रत्येक व्रतसँग सम्बन्धित विशेष धार्मिक विधि, उपवास, संकल्प इत्यादि आचार हुन्छ ।

    देवतापूजनको स्थान सफा गरि रंगोली इत्यादिले सुशोभित गर्नुपर्छ । चौकीको दुबैतर्फ दीपस्तम्भ राखौं । पूजाको थालीमा सजाएको सामग्री पूजास्थानको नजिक राख्नुहोस् । हरितालिका पूजनको आरम्भमा सर्वप्रथम स्त्री आचमन, प्राणायाम गरिसकेपछि देशकाल कथन गर्दछ । त्यस पश्चात स्त्रीहरु संकल्प गर्दछन्…

    मम उमामहेश्वरसायुज्यसिद्धये हरितालिकाव्रतम् अहं करिष्ये । अर्थात, श्री उमामहेश्वरबाट सायुज्य मुक्ति प्राप्त हुनको लागि म यो हरितालि का व्रत गर्दछुँ । सो दिन स्त्रीहरु नदीको बगरमा गएर अथवा उपलब्धता अनुसार बगिरहेको एवं शुद्ध पानीको बालुवा घर लिएर आउनुपर्छ । घरमा सजाएको देवतापूजनको स्थानमा त्यो बालुवाबाट शिवपिण्डी बनाउँनुपर्छ । आजकल नगरहरुमा एवं ठूलो शहरहरुमा माता पार्वती एवं उनकी मित्रको, शिवलिंगको साथ मूर्तिहरु पनि उपलब्ध छन् । त्यो राख्न सकिन्छ ।

    माता पार्वती एवं मित्रको मूर्तिलाई घरमा स्थापित गरि, उनको पूजा गरिन्छ । हरितालिका पूजनमा बिल्वपत्र, अपामार्ग अर्थात चिचडा, पारिजात, करवीर अर्थात कनेर, अशोक इत्यादि सोलह प्रकारका पत्रहरु शिवपिण्डीमा चढाउनुपर्छ । साथै स्त्री श्वेत पुष्प पनि समर्पित गर्दछन् । गुड-नरिवल, दूध एवं उपलब्धता अनुसार फल नैवेद्यस्वरूप निवेदित गर्दछन् ।

    त्यसपछि देवी हरितालिकाको आरती गरिन्छ । पूजापछि स्त्रीहरु भावपूर्ण प्रार्थना गर्दछन् । यो दिन पूजाको समय प्रज्वलित गरिको दीप विसर्जनको समयसम्म प्रज्वलित राखिन्छ, त्यसलाई निभ्न दिदैन । यसले पूजकको भाव अनुसार उनलाई शिव तत्त्व एवं तेज तत्त्वको लाभ हुन्छ । साझको समयमा पनि स्त्री देवीको आरती गर्दछ तथा रात्रिको समय जागरण रहि हरितालिकाको कथाको श्रवण गर्दछन् । हरितालिकाको दिन पूजा गर्नुको साथै स्त्री दिनभर उपवास राख्छन् । उपवास गर्नुको अर्थ हो, अन्न ग्रहण नगरि नामस्मरण गर्दौ देवताको सतत संधान साधना ।

    स्त्रीहरु जीवनमा आउने विघ्न हटाईदिनको लागि शिवजीलाई प्रार्थना गर्दछ । भावपूर्ण प्रार्थनाको कारण स्त्रीतर्फ शिव-शक्तिको प्रवाह आकृष्ट हुन्छ तथा उनको भावानुसार उनलाई लाभ मिल्दछ ।

    हरितालिका व्रतको दोस्रो दिन गरिने विधि
    स्त्री देवीको आरती गर्दछ । देवीलाई दही एवं भातको नैवेद्य निवेदित गर्दछ । त्यसपछि शिवपिण्डी एवं सखी पार्वतीका मूर्तिहरु जलस्रोत नजिक लगिन्छ एवं तिनीहरुलाई बगिरहेको पानीमा विसर्जित गरिन्छ । केहि स्थानहरुमा हरितालिकाको दोस्रो दिन स्त्रीहरु यथाशक्ति एक, आठ अथवा सोलह दम्पतिलाई खाना खुलाउछन् तथा उनीहरुलाई सौभाग्यद्रव्यले भरिएको सुहागपिटाराको दान दिन्छन् । त्यसपछि स्वयं भोजन गरि व्रतको समापन गर्दछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…