• काठमाडौं : हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई मन्त्रालयको पूर्व स्वीकृति बिना भेट गरेको विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाललाई गृहले स्पष्टिकरण लिएपछि उनी तनावमा परेका छन् ।

    गत हप्ता प्रधानमन्त्री कार्यालयको चासोपछि गृहले आईजिपी खनाललाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण सोधेको थियो । यो कुरालाई आधिकारीक हिसाबले सार्वजनिक नगरिए पनि सूचना भने बाहिर आएको छ ।

    गृह स्रोतका अनुसार सुरक्षा संवेदनशिलता र सुरक्षाकर्मीको मनबोल गिर्न नदिन गृहले आन्तरिक र गुपचुप ढंगले स्पष्टिकरण लिएको थियो । सिंगापुर उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टेली कन्फरेन्स बैठकमा चासो देखाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्पष्टिकरण सोध्ने टुंगोमा पुगेका थिए । सुरुमा लिखित स्पष्टिकरण लिने तयारी भएपनि अन्तिममा आएर गृहमन्त्री थापा र गृहसचिव प्रेमकुमार राईबीच छलफल भई आईजिपी खनाललाई मन्त्रालय बोलाएर मौखिक स्पष्टिकरण सोधिएको थियो ।

    मौखिक स्पष्टिकरण लिने क्रममा मन्त्री थापा र सचिव राईले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेटेको हो ? भेट्नुको औचित्य के हो ? त्यसबारे गृहमन्त्रालयबाट पूर्व स्वीकृत लिनुपर्छ कि पर्दैन ? हिरासतमा रहेको व्यक्तिलाई भेट्दा त्यसको समग्र कस्तो असर पुग्छ भन्ने ध्यान किन नदिएको ? जस्ता विषयहरुमा प्रश्न राखेका थिए ।

    त्यसको प्रति उत्तरमा आईजिपी खनालले हिरासतमा रहेका लामिछानेलाई भेटेको स्वीकार गर्दै भेटेको केबल उनलाई सुरक्षाको कुनै थ्रेट छैन र प्रहरीको अनुसन्धानलाई सघाउनु भन्नका लागि मात्र रहेको जिकिर गरेको गृह स्रोतले बताएको छ ।

    त्यस्तै खनालले उक्त प्रशंगमा भेटे गर्नुमा आफ्नो कुनै दुरनियत र पूर्व योजना नभएको पनि दाबी गरेका थिए । यसअघि प्रधानमन्त्री कार्यालयले हिरासतमा रहेका लामिछानेलाई भेटेको समाचारका विषयमा प्रधानमन्त्री कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आईजिपीले लामिछानेलाई भेटे नभेटेको र भेटेको भए गृहबाट स्वीकृती लिए नलिएको तथा कुनै योजना मुतावित हो कि भन्दै चासो लिएको थियो । त्यसपछि मात्रै गृहमन्त्री र सचिवले आईजिपी खनालसँग स्पष्टिकरण लिएका थिए ।

    गृहमन्त्रालयलाई जानकारी नै नदिइ नेपाल प्रहरीका प्रमुख आईजिपी खनाल आन्तरिक कामका लागि भन्दै चितवन पुगेर लामिछानेलाई भेटेको समाचार बाहिरिएको थियो । आफ्नो क्षेत्र छोर्दा कार्यालय प्रमुखले आफूभन्दा माथिल्लोको निकाय प्रमुखलाई जाहेर गर्नुपर्ने नियम प्रहरीमा छ तर, आईजिपी स्वयमले यसलाई तोडेर हिरातमा रहेका लामिछानेलाई भेट्नु सुरक्षा र आचार संहिता विपरित काम भएको एक पूर्व आईजिपीले बताए ।

    आईजिपी खनालले भने हिरासतमा रहेका लामिछानेले आफू असुरक्षित रहेको खबर बाहिर आएपछि हिरातमै उनलाई भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएर समय र परिस्थिति काबु बाहिर नजाओस् भन्ने आफ्नो पवित्र उद्देश्य रहेको स्पष्टिकरण दिने क्रममा दाबी गरेका छन् ।

    गृहले स्पष्टिकरण सोधेको समाचार बाहिरिएसँगै तनावमा परेका आईजिपी खनालले भने उक्त विषयमा सत्यता नरहेको बताउँदै हिडेका छन् ।

    गृहले स्पष्टिकरण सोधेको विषयमा गृहमन्त्रालयका अधिकारीहरु बोल्न रुचाउँदैनन् । द नेपालटपले गृहप्रवक्ता रामकृष्ण सुवेदीसँग सम्पर्क गर्दा आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनको यो भनाइ बाट पनि स्पष्ट हुन्छ कि गृहले आईजिपीलाई स्पष्टिकरण सोधेको छ तर, त्यो कुराको सार्वजनिक गर्न चाहादैनन् । त्यस्तै गृहमन्त्रालयका सूचना अधिकारी एवं उपसचिव उमाकान्त अधिकारीले पनि यस विषयमा थप बताउन चाहेनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…