• तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पोइ र्पयो काले’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर लगायत कलाकार फिचर्ड छन् ।

    चलचित्रमा आकाश श्रेष्ठ ,पूजा शर्मा ,सौगात मल्ल र सृष्टि श्रेष्ठको साथमा सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा लगायत कलाकारको पनि अभिनय रहेको छ । यस चलचित्रको मुल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ । मल्टीस्टारर चलचित्रमा सौगातको जोडी पूजा हुन् वा सृष्टि भन्ने रहस्य निर्माण टिमले अहिलेसम्म खुलाएको छैन ।

    कमेडी कथावस्तुमा आधारित भएर बनेको चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका छन् । यस चलचित्रमा तारा प्रकाश 'किम्भे' सम्पादनमा रहेका छन् भने श्याम बहादुर थापा चलचित्रको प्रस्तुतकर्तामा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राईको लगानीमा निर्माण भएको चलचित्रमा किरण नेपाली र रधु परियार कार्यकारी निर्मातामा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…