• काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व छोड्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताका बेला भएको सहमति पालना गर्ने सहमति भएपछि ओलीले सत्ता छोड्ने निश्चित बनेको छ । एकताका बेला भएको चार बुँदे सहमतिलाई अनुमोदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्न उनीहरु सहमत भएका छन्।

    पार्टी उच्च स्रोतका अनुसार केन्द्रीय सचिवालयले उक्त सहमतिलाई अनुमोदन गरेपछि त्यसले संस्थागत निर्णयको हैसियत हासिल गर्नेछ।

    र, पूर्व सहमति अनुसार साढे दुई वर्षको सत्ताको नेतृत्व दाहाललाई हस्तान्तरण गर्न ओली बाध्य हुनेछन्। अर्थात २०७४ चैत्र पहिलो सातामा सत्ताको नेतृत्व लिएका ओलीले २०७७ भदौसम्ममा दाहाललाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ।

    पार्टी भित्र लगातार आफूविरुद्ध समिकरण बन्न थालेपछि पछिल्लो पटक सिंगापुर स्वास्थ्य उपचारका लागि प्रस्थान गर्नु अघि माधव नेपाललाई एक्ल्याउने र प्रचण्ड लगायत अरु प्रभावशाली नेताहरुलाई खुशी पार्ने नीति ओलीले अपनाएका थिए।

    उच्च स्रोतका अनुसार ओलीले दाहालसँग खुलेरै माधव नेपाल या अरु कसैसँग कुनै नयाँ समिकरण नबनाउन आग्रह गर्दै पुरानो सहमतिलाई संस्थागत हैसियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

    त्यही अनुसार प्रधानमन्त्रीमा ‘आलोपालो’ सहमति अनुमोदनका लागि केन्दीय सचिवालयमा राखिने भएको हो, ओली सिंगापुरबाट फर्कीए पछि।

    पार्टीको महाधिवेशन त्यसअघि नै सम्पन्न हुन नसके प्रधानमन्त्री पद दाहाललाई बुझाएपछि पनि महाधिवेशनसम्म पार्टी नेतृत्वमा दुवै अध्यक्षको व्यवस्था कायम रहने पनि स्रोतको भनाई छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…