• गायक डम्बर नेपाली स्रोताका लागि परिचित नाम हो । शब्द, संगीत र स्वर तीनै विधामा उनी सक्रिय छन् । तर, अन्तिम पल्ट भेटन् आउ, आज आकाशमा एउटा तारा लगायत उनका थुप्रै चर्चित गीत छन् ।

    आफुलाई लो प्रोफाईलमै राख्न चाहने उनी नेपाली गीत कसरी राम्रो बनाउने भन्नेमै केन्द्रित छन् । हरेक सयम चुनौति थपिंदै गएको महसुस गरेका नेपाली गीतमा गुणस्तरियतालाई जहिले पनि पहिलो प्राथमिकतामा राख्छन् । उनै गायकले उनका अनुभुतीहरु यसरी साटेका छन् ।

    गीत रेकडिङः रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटामा ।

    विदेशमा कार्यक्रमः हङकङमा । स्टेजमा गाउने बानी थिएन । डराई डराई गाएको थिए । राम्रै भयो ।

    कमाईः मोरङको किराँती चोकमा आयोजिक कार्यक्रममा गीत गाएर पाँचसय पाएको थिएँ ।

    चलचित्रः बितेका पलमा शब्द र संगीत । रातोघरमा स्वर दिएँ ।

     

    चर्चित गीतः आज आकाशवाट

    धेरै खर्चः मेलेडी एल्बमको भिडियो सुटिङका लागि ५५ हजार खर्च गरें ।

    विदेश यात्राः हङकङ

    अवार्डः इमेज अवार्ड

    हवाईजहाज यात्राः झापावाट काठमाडौ आउदा ।

    प्रेमपत्रः स्कुल पढ्दा नै हो । तर, आफ्नो नाम नलेखीकन पत्र लेखेको थिएँ ।

    डेटिङः स्कुल पढ्दा । स्थानीय बजारतीर ।

    चुम्बनः चुम्बन खासै याद भएन ।

    विछोडः हामी एकदमै मिल्थ्यौ । म काठमाडौ आउने बेलामा बसपार्कमा आउछु भन्थिन् आईनन् । म रुँदै रुदै काठमाडौ आएँ ।

    मोबाईलः नोकियाको ब्ल्याक एण्ड ह्वाईट सेट थियो ।

    पहिलो कलः मलाई एकजना साथीले मोबाईल सेट उपहार दिनु भएको थियो । उहाँलाई नै फोन गरें । भयो है भनेर ।

    डान्सः ठ्याक्कै त याद भएन गाउँमा हुने कार्यक्रममा लीड डान्स गर्थें ।

     

    गीत रेकर्ड गर्दाको अनुभव: पहिलो पटक गाउँन नसकेपछि स्टुडियोको दाईहरुले बाहिर निकाल्दिनु भयो ।

    दुर्घटनाः झापामै हुँदा घाँस काट्नका लागि पिठारीको रुखवाट लडेर डेढघण्टा बेहोस भएँ ।

    घाटाः मोरङकै उर्लावारीमा ४/५ जना साथीहरु मिलेर एउटा सांस्कृतिक कार्यक्रम गरेका थियौं । तर, गेटमा बस्ने साथी सबै पैसा लिएर गएछ, ७ हजार तिर्नुपर्‍यो ।

    बदमासीः चौथी खेल्ने बहानामा तीनसय सिसौका बिरुवाको टुप्पो काटेको छु ।

    सजायँः मोटरसाईकलको ब्लू बुक नबोक्दा प्रहरीको एक चड्कन खाएको छु ।

    दुखीः आमाको पाठेघरको अप्रेशन गर्दा उहाँको पीडा देखेर निकै रोएको छु ।

    खुसीः छोरीले पहिलो पटक बाबा भन्दा निकै खुसी भएँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…