• तेजन खड्का
    उर्लाबारी । प्रतिनिधी सभाका उप सभामुख डा. शिवमाया तुम्बाहाम्फेले साहित्य सृजनाले समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ । आरम्भ नाट्य डबली रतुवामाईको तीज बिशेष कार्यक्रममा बोल्दै साहित्यले धेरै कुरा समेटेको र साहित्य समाजको ऐना भएको बताउनुभयो । मानिसको जन्मदेखी मृत्यु सम्म साहित्यले समट्ने र समाजका कुरीति अन्त्य गर्ने देखी राम्राँ कुरा उजागर साहित्यले गर्ने बताउनुभयो । तीजको शुभकामना दिदैं उहाँले भन्नुभयो, नाटक तथा साहित्यको माध्यमबाट परिवर्तनको पाटो समेट्न आवश्यक छ ।

    युवाहरुले समाजका लागि सम्बाहाक र पहरेदार बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । युवाहरु बिना समाज परिवर्तन गर्न जटिल हुने उहाँको भनाई छ ।
    उहाँले नेपाल बिभिन्न भाषाभासी र संस्कृतिको धनी देश भएकोले एक आपसमा धार्मीक सद्भाव आवश्यक रहेको बताउनुभयो ।
    उहाँले फरक प्रशंगमा संघिय संसदले तिनै तहको अधिकार सम्बोधन गरेको र कसरी अगाडी बढ्ने कसरी ऐन बनाउने भनेर छलफल गरिरहेको बताउनुभयो । उहाँले तिनै तहलाई सम्बोधन गर्ने गरी  मौलिक हकसँग जोडेर केहि कानुन निर्माण बनेको बताउनुभयो । नागरिकताको बिषयमा पनि छलफल भईरहेको बताउदैं छिटो भन्दा छिटो छलफल गर्नुहोस भनेर नागरिकता बिधयेक छलफलमा गएको र ऐन बनाउने काम भईरहेको स्पष्ट पार्नुभयो । संविधानले धार्मिक अधिकार पनि शुनिश्चीत गरेको बताउददैं उहाँले भन्नुभयो, सबैले नेपालीले जुनसुकै धर्म मान्न पाउछन्, तर धर्म परिवर्तन गर्न पाईदैन् ।

    चाडपर्व समय सापेक्ष केहि फेरवदल गर्न परे बृहत सल्लाह र सहकार्य बाट सकिने  बताउदै पहिलको तिज र अहिले केहि फरक पाएको उहाँले बताउनुभयो । पहिले घरमा मनाउने तिज अहिले समाज र संस्थाले बिभिन्न कार्यक्रम आयोजना गरि मनाउदैं आएकाले पनि केहि परिमार्जन गर्न सकिने बताउनुभयो ।
    कार्यक्रममा समाजसेवी सुन्दर श्रेष्ठ, बलबहादुर बस्नेत लगायतलाई सम्मान गरिनुका साथै तिज विशेष नाटक महशुष प्रर्दसन गरिएको संस्थाका अध्यक्ष समिर सुवेदीले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…