• काठमाडौं। विभिन्न बैंकको एटिएम ह्याक गरेर पैसा चोरी प्रकरणमा प्रहरीले सोमबार थप ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले ३ नेपाली र एक फ्रेन्च मुलका चिनियाँ नागरिकलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार एटिएमबाट अनाधिकृत रुपमा निकालिएको नेपाली पैसा सटही गरेका तीनजना नेपालीहरु पनि प्रहरीको फन्दामा परेका हुन्।

    उनका अनुसार पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामा, रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ डलर लिएका थिए ।

    स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए ।

    पक्राउ पर्ने अर्का फ्रेन्च मुलका चिनियाँ नागरिक हुन्। प्रहरीले यो प्रकरणमा फरार रहेका अन्य दुई जनाको खोजी गरिरहेको जनाएको छ। शनिबार चिनियाँ ह्याकरले करिब डेढ करोड रुपैयाँ निकालेका थिए। प्रहरीले शनिबार राती ५जना चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…