• काठमाण्डौँ : नेपाल उद्योग वाणिज्य महासंघभित्र लामो समयदेखि सुरु भएको विवाद थप बदै गएको छ । तर यसको समाधान सम्बन्धित पक्षले नगरेको आरोप सदस्यहरूले लगाएका छन् । महासंघको विधान संशोधन गर्ने विषयमा पछिल्लो समय आएको विवाद भनिँदै आए पनि महासंघमा भने पूर्वअध्यक्ष चण्डीराज ढकालले विधानविपरीत कार्य गर्दै व्यक्तिगत इच्छा पूरा गर्न महासंघको सहारा लिएको भन्दै भित्रभित्र विवाद उत्पन्न भइरहेको थियो ।

    चण्डी ढकालकै कारण विवाद उत्पन्न भएको भन्दा महासंघको इतिहासमा नै कालोधब्बा लाग्ने भएकाले विधान संशोधनको विषयमा विवाद उत्पन्न भएको भन्न वर्तमान कार्यसमितिले सदस्यहरूलाई निर्देशन दिएको र अन्य संघलाई महासंघबारे केही नबोल्न भनेको एक सदस्यले नाम नलेख्ने शर्तमा बताए । ती सदस्यका अनुसार पटक–पटक महासंघको बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग बैठकमै भनाभन हँुदै आएको र विधान संशोधनको विषयमा बढी झगडा भएपछि विवाद सतहमा आएको बताए । महासंघको विवादका कारण कार्यसमिति नै विभाजित भएको छ । महासंघलाई आफूअनुकूल सञ्चालन गर्दै आएका ढकालले विधान संशोधन गरी निर्वाचनबाट अध्यक्ष चुन्ने र कार्यसमितिको पदावधि दुई वर्ष बनाउने सुझावसहित विधानको ड्राफ्ट तयार गरेदेखि विवादले उग्ररूप लिएको हो।

    महासंघका सदस्यहरूले भनेका छन्, ‘यसअघि पनि बारम्बार आफूअनुकूलका निर्णय गराउँदै आएका ढकालले यो पटक आफूले भनेबमोजिमको निर्णय गराउन नसकेकै कारण घुक्र्याउनका लागि विधान संयोजकबाट राजीनामाको नाटक मञ्चन गरेका छन् ।’ विधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा ढकालसहित वर्तमान अध्यक्ष भवानी राणा, उपाध्यक्षहरू किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठलगायतको एक समूह सक्रिय भएर लागेको छ भने पूर्वअध्यक्ष मुरारकासहित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको समूह असहमति रहेको भन्दै विरोध गरेपछि विवाद बढ्दै गएको छ । दुई पूर्वअध्यक्षहरूका बीच झगडा सुरु भएपछि अध्यक्ष राणाले भने सो समस्या समधान गर्नेतर्फ खासै कदम नचालेको आरोप सदस्यहरूको छ ।

    अहिले महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ भने पदावधि तीन वर्षको रहेको छ । यो प्रावधानअनुसार चार वर्ष विधान संशोधन गरिएको थियो । यही प्रावधानअनुसार राणा अध्यक्ष बनेकी हुन् । तर अहिले महासंघमा ढकालले एकाएक विधान संशोधन गर्नुपर्ने प्रस्ताव राखेपछि विवादको समाधान हुनेभन्दा पनि झन् बढ्दै गएको छ ।

    यसैबीच, महासंघको नयाँ कार्यसमिति चयन गर्ने समय नजिकिँदै गएसँगै बढ्दै गएको अस्वस्थ खेलले पछिल्लो समयमा महासंघ फुटको संघारमा पुगेको समेत सदस्यहरूको भनाइ छ । वर्तमान अध्यक्ष राणाले यो विवादलाई ध्यान नदिएकै कारण अहिले सोही विवादले उग्ररूप लिनपुगेको सदस्यहरूको आरोप छ । गत वर्षको साधारणसभाबाट महासंघका पूर्वअध्यक्षहरू रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, पशुपति मुरारकाको समूहले भवानी राणालाई अध्यक्ष बनाउन विधानको प्रजातान्त्रिक विधिलाई लत्याउँदै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने, फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति पाँच वर्षपछि पदाधिकारीमा निर्वाचन लड्न र निर्वाचित हुन पाउने जस्ता दफाहरू राखेर संशोधन गरेका थिए । त्यस समयमा पनि सो विधान संशोधनमा विरोध भएको थियो ।

    दुई वर्ष बित्न नपाउँदै सोही समूहका पशुपति मुरारका र चण्डीराज ढकालबीच पछिल्लो समयमा विधान संशोधनकै विषयलाई लिएर पानी बाराबारको अवस्थामा पुगेका छन् । यसबाट महासंघको साखमा गिरावट आएको जानकारहरूले बताएका छ। भवानी राणा महासंघको अध्यक्ष भएदेखि नै पूर्वअध्यक्षहरूले वाणिज्य महासंघ पूर्वअध्यक्ष परिषद् गठन गरेर गतिविधि गर्दै आएका छन् ।

    राणा अध्यक्ष बनेपछि महासंघ अधिकांश समय चर्चा र विवादमै रुमलिरहेको छ । महासंघभित्रको सबैभन्दा प्रभावशाली निकाय कृषि उद्यम केन्द्रमा आर्थिक अनियमितता भएको भन्दै तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानका कारण महासंघ यस्तै विवादमा फसेको थियो । उनको संलग्नता पुष्टि भएसँगै कार्यकारिणी समितिमा चर्को आलोचनापछि उनले राजीनामा दिएका थिए । महासंघमा अहिले अनियमितताको आरोपसँगै विधान संशोधनले समेत चर्चा पाएको छ ।

    महासंघ लामो समयदेखि गुट र उपगुटमा विभाजित हुँदै राजनीति स्वार्थमा केन्द्रित भएर चल्दै आएको संस्थाको रूपमा लिइँदै आएको छ । अढाई दशकअघि तत्कालीन अध्यक्ष विनोद चौधरी दोस्रो कार्यकालका लागि अध्यक्षमा हारेदेखि सुरु भएको गुट र उपगुटले अहिले झनै तीव्रता पाएको छ । अध्यक्षमा हारेपछि चौधरीले महासंघकै समानान्तर संस्था ‘नेपाल उद्योग परिसंघ’ को स्थापना गरेर लामो समय अध्यक्ष भएर महासंघ फुटाएका थिए । अहिले महासंघमा पूर्वअध्यक्ष ढकालले विधान विपरीत आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाएपछि महासंघ फुटको संघारमा पुगेको महासंघका सदस्यहरू बताउँछन् । वस्तुगततर्फका उपाध्यक्ष चन्द्र ढकाल भने यस विषयमा दुवैतर्फ ठीक भएको भन्दै ढुलमुले व्यवहार देखाउँदै आएको आरोप रहेको छ ।

    वर्षाैंदेखि एउटै व्यक्तिको निश्चित स्वार्थको वरिपरि महासंघ घुमिरहनु आफैंमा लज्जाजनक परिस्थिति भएको भन्दै सो कार्य तत्काल बन्द गरिनुपर्ने माग सदस्यहरूको रहेको छ । निजी क्षेत्रको छाता संगठनको हैसियतमा रहेकाले महासंघले निजी क्षेत्रको भावना नीतिनिर्मातासम्म पु¥याउने गहन जिम्मेवारी समेत पूरा गर्न समेत नसकेको बताइएको छ । महासंघकै आडमा व्यक्तिगत इच्छा पूरा गर्ने र व्यवसायीहरूको हकहितमा खासै ध्यान नदिएको भन्दै व्यवसायीबाटै गुनासो बढ्दै गएपछि महासंघको महत्वहीन हुँदै गएको समेत जनाइएको छ । सो महासंघको अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लडेर हारपछि बाहिरिएका ढकालको पछिल्लो समय संस्थामा पुनः हालीमुहाली बढेसँगै विवाद चर्किन थालेको थियो ।

    महासंघको विधानअनुसार प्रदेशमा निर्वाचित हुने पदाधिकारीलाई सम्बन्धित उद्योग वाणिज्य संघले सिफारिस गरेको हुनुपर्ने उल्लेख गरिएको छ । दुवै पदमा उम्मेदवार हुने योग्यतामा सम्बन्धित जिल्ला, नगर वा वस्तुगत संघको पदाधिकारी हुनुपर्ने व्यवस्था विधानमा रहेको छ । महासंघमा अध्यक्षको दोस्रो कार्यकालका लागि चुनाव लड्दा कुशकुमार जोशीसँग हारेर ढकाल बाहिरिएका थिए । ढकाल महासंघको दोस्रो कार्यकालमा हारेपछि आफूअनुसार महासंघमा हालीमुहाली गर्ने तवरबाट विद्यमान विधानलाई संशोधन गरेर आफू शक्तिमै बसिरहने गरी विधान परिमार्जन समेत गरेको आरोप लागेको छ ।

    महासंघको २०४९ सालमा बनेको विधान संशोधन गरेर स्वतः वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने गरी विधान संशोधन गरेर महासंघलाई धराशायी बनाउने काममा चण्डी ढकाल लागिपरेको समेत आरोप रहेको छ । योग्यता पुगेका व्यवसायी तथा उद्योगीलाई उम्मेदवारी दिनबाट समेत निषेध गरेर वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको अध्यक्ष भएपछि पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्यलगायतका वरिष्ठ पदाधिकारीहरूले विना प्रतिस्पर्धा तथा निर्वाचन वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष भएकी राणालाई मान्यता समेत नदिएको स्रोतको दाबी रहेको छ ।

    पछिल्लो सययमा पूर्ववरिष्ठ पदाधिकारीहरूको समर्थन प्राप्त गर्न नसकेकी अध्यक्ष राणा अहिले पूर्वअध्यक्षद्वय चण्डीराज ढकालकै इसारामा महासंघसञ्चालन गरिराखेको आरोप रहेको छ ।

    संशोधित विधान नै कायम हुनुपर्ने अडानमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा रहेका छन । यसैबीच देश संघीयतामा गएपछि व्यवसायीहरूको पुरानो संस्था नेपाल चेम्बर अफ कमर्सले देशभर शाखा विस्तार गर्ने निर्णय गरेपछि रातारात चेम्बरलाई कारबाही गरेको पत्र अध्यक्ष राणाले पठाएपछि झन् महासंघ विवादमा तानिएको थियो ।आर्थिक दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…