• भाद्र १६, एजेन्सी । फुटवल जगतको ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अवार्ड मनोनयनमा अर्जेन्टिना र बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगल र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भर्जिल भान डिज्क अन्तिम सूचीमा परेका छन् ।

    फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो । यस अघि लिभरपुलका डिफेन्डर भान डिज्कले युईएफए वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । फिफा वर्ष खेलाडीको अवार्ड पनि उनले जित्ने सम्भावना धेरै देखिएको छ ।

    गत वर्ष यो अवार्ड क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए । यो सिजन भान डिज्कले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै मेस्सीले बार्सिलोनालाई ला लिगा जिताएका थिए भने, अर्जेन्टिनालाई काेपा अमेरिकाकाे तेस्राे स्थानमा पुर्याउन सहयाेग गरेका थिए । यता रोनाल्डोले पोर्चुगललाई नेसन्स लिग र युभेन्टसलाई सिरी ए उपाधि जिताएका थिए ।

    महिलातर्फ लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् । प्रशिक्षकको मनोनयनमा पेप ग्वार्डिवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् । वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेनले स्थान बनाउन सफल भएका छन् ।

    पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ । ‘फिफा वर्ष खेलाडी अवार्ड’ यहि २३ सेप्टेम्बरमा वितरण गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…