• काठमाडौं – नेपाली काँग्रेसका युवा नेता तथा पुर्वमन्त्री गगन थापाले टेलीभिजन प्रस्तोता रबी लामीछानेको प्रशंशा गरेका छन्। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा काँग्रेसका प्रभावशाली नेता थापाले लामीछानेको प्रशंशा गरेका हुन्।

    राजनितीक दलका नेताहरुकै कारण लामीछानेको समर्थनमा जनलहर देखिएको काँग्रेस नेता थापाको भनाई थियो। ‘जनताहरु सरकारमात्र होईन प्रतिपक्षप्रति पनि आक्रोशीत छन्,’ उनले भने, ‘राजनितीक दलहरुले जनताको मुद्धा उठाउन नसक्दा जनता रबी लामीछानेको समर्थनमा लागेका हुन।’

    आफ्नै पार्टीले समेत जनताको पक्षमा काम गर्न नसकेको भन्दै उनले थपे, ‘जनताको मुद्दा कांग्रेसले नबोकेपछि जनताले रवि लामिछाने रोजेका हुन्।’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपामा २२ असारयता लगातार बैठक बसिरहेको छ। अन्तरिम संगठन विधान पारित गरेपछि कांग्रेस बैठक भातृ संगठनतिर केन्द्रीत भएको छ। तर, २८ माघयता विघटित अवस्थामा रहेको नेवि संघको अन्तरिम नेतृत्व टुंग्याउन सकेको छैन।

    बैठकमा नेताहरु महेश आचार्य, प्रदीप पौडेल, रमेश रिजाल, मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी, भीष्मराज आङ्दम्वेलगायतले बोलेका थिए। अर्को बैठक १७ भदौमा राखिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…