• काठमाडौं– संगठनका साथै विभिन्न सामाजिक कार्यमा व्यस्त रहँदै आएका नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले रक्तदान गरेर सकारात्मक सन्देश दिएका छन् ।

    भक्तपुर जिल्लामा नेपाल तरुण दलको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को कार्यसमितिले शनिबार चित्रपुर, दधिकोटमा वीपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष बस्नेतले एक पिन्ट रगत दान गरेका हुन् । रक्तदान गर्न पाउँदा खुसी लागेको बस्नेतले बताए ।

    युवा तरुणहरूलाई रक्तदान गरेर बिरामीहरूको ज्यान बचाउनुपर्छ भन्ने सन्देश दिन अध्यक्ष बस्नेत आफैले रक्तदान गरेको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।

    नेपाल तरुण दल भक्तपुरले बेलाबेला रक्तदान गर्ने गरेको छ । काठमाडौं उपत्यकाभित्र रगतको अभाव हुन नदिन रक्तदानका कार्यक्रमहरू राख्ने गरिएको थापाले बताए ।

    ‘काठमाडौं उपत्यकाभित्र उपचार गराउन धेरै बिरामीहरू आएका हुन्छन् । रगत नपाएर बिरामले ज्यान गुमाउनु परेको धेरै समाचार सुन्ने गरिएको छ । रगतकै लागि बिरामीका आफन्तले पनि दुःख पाउने गरेका छन्’, उनले भने, ‘स्वस्थ्य व्यक्तिको शरीरबाट खेर जाने रगतलाई दान गरेर कसैको ज्यान बच्छ भने बचाउनुपर्छ ।’

    नेपाल तरुण दलका अध्यक्ष बस्नेतले पनि आफूले रगत दिँदा एकजना बिरामीको ज्यान बच्छ भने पटक–पटक रक्तदान गर्ने बताए ।

    ‘रगत दान गरेर पून्यको काम गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि रक्तदान गरेको हुँ’, उनले भने, ‘स्वास्थ्यका कारण तीन वर्षसम्म रक्तदान गरेको थिएन । आज भक्तपुर तरुण दलले राखेको रक्तदान कार्यक्रममा रक्तदान गर्न पाउँदा खुसी लागेको छ ।’

    अध्यक्ष बस्नेतले रक्तदान गरेर पून्यको कार्य गर्न सबै युवा तरुणहरूलाई आह्वान गरेका छन् । अध्यक्ष बस्नेतले नेपाल तरुण दलका अन्य जिल्ला र ईकाइहरूलाई रक्तदानका साथै रचनात्मक कामहरू गर्न आह्वान गरेका छन् ।

    काठमाडौं उपत्यकाभित्र रगत अभाग हुँदा भक्तपुर जिल्ला रेडक्रसले सहयोग गर्दै आएको छ । रगत संकलनमा भक्तपुर रेडक्रसको ठूलो भूमिका रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…