• रातोकलम अनलाइन।

    क्वालालम्पुर,भदौ-१६

    नेपाली मजदुर एकता केन्द्र मलेशियाले १५ वर्षीय नवाङ्ग मोक्तान लाई आर्थिक सहयोग गरेको छ । काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँ पालिका वडा नम्बर १ स्थाइ घर भइ हाल ललितपुर जिल्ला इमाडोल कृष्ण मन्दिर स्थित बस्दै आएका मोक्तान ब्लड क्यान्सर पीडित हुन।उनको आमाको केहि वर्ष अगाडी सडक दुर्घटनामा परेर मृत्यु भइसकेको छ।आमा बिनाको टुहुरो जिवन बित्ताउदै आएका नावाङ्ग यतिखेर आफै मृत्युको मुखमा पुगेका छन।समय मै उपचार गर्न नसके उनको जिवनले अप्रीय निर्णय लीने करिब निश्चित जस्तै छ ।

    केहि समय अगाडि ढाड दुख्ने अनि जोर्नी र नसमा ज्वरो आएको समस्या लिएर पाटन हस्पिटल पुगेका नवाङको लागी जिवन कै सबैभन्दा अप्रिय रिपोर्ट आयो।रिपोर्ट हातमा लिएर बसेका डाक्टरले नावाङका बुवा लाइ बोलाएर भने तपाईंको छोरा लाइ ब्लड क्यान्सर भएको रहेछ ।यस्तो सुनाए पछि आफुलाइ जिउँदै मरेको अनुभव भएको सुनाउछन नवाङका बाबु पेशाले ड्राइभर हुन। बुबा ज्ञान बहादुर तामाङका अनुसार विगत सात महिना देखी हस्पिटलको बेडमा मृत्यु सग लडिरहेका नवाङ्गको उपचार गर्दागर्दै दुई लाख रुपैया बढी खर्च भइसकेको बताउछन।

    कक्षा १० मा अध्यनरत नावाङका जिवनका जीवन माथी भारी बज्रपात परेको छ। नावाङ लाइ बचाउन सकिएला कि नसकिएला? यति सानै उमेरमा यस्तो दु:खमा परेका नावाङ लाइ नयाँ जिवन दिन सके पक्कै पनि नम्वाङले नया जिवन पाउने थिए भन्दै उनको बाबुले गह भरी आँसु चुहाउदै बिलाउना गर्छन।
    पारिवारिक रूपमा आर्थिक अवस्था अत्यन्त कमजोर रहेको हुँदा आर्थिक सहयोग संकलनको निम्ती मलेसियामा रगेका नवाङका काका विजय तामाङले सहयोगको लागी पहल गर्दै आएका छन।

    आर्थिक संकलनकै क्रममा मलेसिया स्थित नव: गठित नेपाली मजदुर एकता केन्द्रका कार्यलय वपदाधिकारीहरु द्वारा सङ्कलित रकम केन्द्रका अध्यक्ष तेज बहादुर कार्किले मलेसियन रिङ्गिट ३०१ अर्थात रु ८,१०० सहयोग हस्तान्तरण गरेको हो।भने नवाङ्ग मोक्तानको उपचारका निम्ति मलेशिया भरी रहेका नेपाली माझ सहयोगको याचना समेत गरेको कार्किले टेलिफोन सम्पर्कमा जानकारी दिएका हुन।

    साथै पीडित लाइ सहयोग गर्न इच्छुक जो कोहि नेपालिहरुले तल उपलब्ध सम्पर्क नम्बरहरुमा सम्पर्क गरि सहयोग गर्न सकिने छ।

    -बिरामी नवाङ्गका काका मलेशिया बिजय लामा फोन नं +60 16-605 6240
    -नेपाली मजदुर एकता केन्द्र मलेशिया सम्पर्क नं.+601121464428
    -The man and woman right
    नेपालका लागी सम बाबा अथवा नवाङ मोक्तान बचाउ अभियानको कृषि बिकास बैंकको खाता नम्बर 02-126-0148-7219-01-04 मा सिधै रकम जम्मा गर्न सकिने छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…