• मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदलिको अवस्था रहेको छ । साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    दिनभर देशभरी आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकोले सामान्य सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    भाद्र १७ गते (मंगलबार)

    दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

    रातिः देशका अधिकांस स्थानहरुमा सामन्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    भाद्र १८ गते (बुधबार)

    दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका केहीस्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    रातिः देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    भाद्र १९ गते (बिहिबार)

    दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…