• खुर्पाले हानी तीजको व्रत बसेकी श्रीमतीको हत्या

    खुर्पाले हानी तीजको व्रत बसेकी श्रीमतीको हत्या
    नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

    रुकुम : रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

    अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति हत्या श्रीमतीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे प्रक्राउ गरिएको छ ।

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।नविनलाई प्रहरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । घटनास्थलको विस्तृत अनुसन्धान गर्नको लागि बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…