• काठमाडौं । किरात राई विद्यार्थीहरुको साझा संगठन किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले संस्थापक अध्यक्ष नवीन राईको सम्झना र सम्मानमा रक्तदान तथा अन्तरक्रिर्या कार्यक्रम गर्दै २१ औं स्थापना दिवस मनाउदैछ ।

    केन्द्रीय समितिले आज (भाद्र १७ गते) विहान काठमाडौं कोटेश्वर स्थित कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ५० पिन्ट रगत जम्मा भएको संघका केन्द्रीय अध्यक्ष जितेन राईले बताए । जम्मा भएको रगत रेडक्रस बालकुमारीमा रहने सो संस्थाले जनाएको छ ।

    स्थापना दिवसको अवसरमा मातृ भाषामा पठन पाठन सम्बन्धी अन्तरक्रियामा परशुराम तामाङ, डा.तारमणी राईले भाषा सम्बन्धी जानकारी दिनेछन् । कार्यक्रमको प्रमुख अथिति यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई रहने संघको महासचिव रविन राईले बताए ।

    यसैगरी किरात राई विद्यार्थी संघ सुनसरीले हाजिर जवाफ कार्यक्रमको आयोजना गरी २१ स्थापना दिवस मनाएको केन्द्रीय उपाध्यक्ष ्शन्तोष राईले बताए ।
    किरात राई विद्यार्थी संघको संस्थापक अध्यक्ष नवीन राईलाई जनयुद्ध कालमा राज्य पक्षले पक्रेर वेपत्ता बनाएको छ । हालसम्म सार्वजनिक नभएको नवीन राईलाई सार्वजनिक गर्न माग गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…