• बिसं.२०४४ साल साउन २७ गते मोरङको रतुवामाई नगरपालिका (साबिक सिजुवा) मा जन्म भई हाल दमक नगरपालिका – २ स्थित नयाँ आम्दा छेउमा बस्दै आउनुभएकी चन्द्रमाया निरौला (जमुना) यही भदौँ २० गते हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पदको उम्मेद्वार हुनुहुन्छ । बिंसं. २०६६ सालदेखी मोवायल पसल र मोवायलको होलसेल पार्टसको पसलबाट व्यवसायिक यात्रा सुरु गर्नु भएकी उहाँले हाल जे.के.मोवायल ग्यालेक्सी पसल संचालन गरिरहनुभएको छ । उहाँ पसल संचालन सुरु गरेदेखी नै दमक उवासंघमा आबद्ध हुनुभएको हो । युवाहरुबीच नेतृत्वदायी भुमिका खेल्न सक्ने उहाँ स्वर्णलक्ष्मी साकोसको कोषाध्यक्ष,झापा जिल्ला योग समितीको कोषाध्यक्ष, रोटरी क्लब, दमक मोबायल एशोसिएसन लगायतका संघसंस्थामा आबद्ध हुनुहुन्छ । प्रस्तुत छ निरौलासँग गरिएको संक्षिप्त कुराकानी ।
    दमक उवासंघको महिला सदस्यमा तपाईको उम्मेद्वारी चाहिँ किन ?
    – मैले विभिन्न संघ संस्थामा काम गरेर अनुभव लिइसकेकी छु,त्यो अनुभवको आधारमा उद्योग वाणिज्य संघमा पनि जानुपर्छ भन्ने लाग्यो । व्यवसायी महिलाको हक हित,उद्योग व्यवसाय संचालनमा महिलालाई अग्रसर, महिलाको क्षमता विकास गराउन वाणिज्य संघको नेतृत्वमा पुग्न आवश्यक छ । यहाँका महिला व्यवसायी र समग्र व्यवसायीको समस्यालाई नजिकबाट बुझ्ने गरेकी छुँ । अब चाहिँ व्यापारीका हकहितका लागि केही गर्नुपर्छ भनेर महिला सदस्य पदमा उम्मेद्वारी दिएकी हुँ । व्यापारीका पीर, मर्का बुझेको छु र महिला सदस्य पदमा रहेर काम गर्ने क्षमता राख्छु, त्यसैले मैले यो पदमा उम्मेद्वार बनेको हुँ । मैले सामाजिक संघसंस्थामा सक्रिय रुपमा सहभागी भएर काम गरेको अनुभव छ । सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभवका कारण पनि अब दमक उवासंघको कार्यसमितिमा आबद्ध भएर व्यवसायीको हितमा केही गरेर देखाउने आत्मबल छ ।

    तपाई एक त महिला हुनुहुन्छ, घरपरिवार र व्यवसाय पनि हेर्नुपर्यो, संघमा समय दिन सक्नुहोला त ?
    –अवश्यै पनि । सक्छु भनेरै महिला सदस्यको उम्मेद्वार बनेको हुँ । अहिले पनि मैले अन्य सामाजिक संघसंस्थामा गरेको कामलाई मूल्याकंन गर्न सक्नुहुन्छ । म आबद्ध सबै संघसंस्थालाई सक्रियताका साथ समय दिएको छुँ । घरपरिवार र व्यवसायका लागि मलाई बुझन् र हरेक कुरामा साथ सहयोग गर्ने मेरो श्रीमान् कृष्ण अधिकारी हुनुहुन्छ । उहाँको साथले मैले पूर्णरुपमा संघमा आबद्ध रहेर व्यवसायीको हितमा लाग्नेछु ।

    चुनाब आउन केही दिनमात्र बाँकी छ कस्तो हुदैछ चुनाबी प्रचारप्रसार ?
    –धेरै नै राम्रो भएको छ । व्यसायीको साथ र सहयोग सोचेभन्दा धेरै नै पाईएको छ । हाम्रो चुनावी अभियानमा दमकका व्यवसायीको ठुलो साथ र सहयोग पाएका छौँ । हाम्रो घोषणापत्र र वर्तमान कार्यसमितिले गरेका कामप्रति व्यवसायीहरु उत्साहित रहेको पायौँ ।

    भोट माग्न जाँदा ब्यापारीहरुको अपेक्षा के पाउनु भयो ?
    –हिजोका दिनमा पनि व्यवसायिक समस्याहरुको समाधानमा हाम्रो प्रगतिशिल समुहले साथ दिएको थियो र आगामी दिनमा पनि साथ दिनेछ भन्ने व्यसायीहरुको अपेक्षा पाएका छौँ । साना, मझौला उद्योग व्यवसायमा संलग्न महिलाहरुलाई कसरी माथि पुर्याउन सकिन्छ भन्ने चिन्ताले मलाई वाणिज्य संघको कार्यसमितिमा रहेछ काम गर्नुपर्दछ भन्ने भावना जगाएको हो । यसमा दमकमा सम्पूर्ण व्यसायीले साथ र सहयोग गर्नुभएको छ ।

    तपाईंले दमकमा ब्यापारीको मुख्य समस्या के देख्नु भएको छ ?
    – दमकको मुख्य समस्याको रुपमा बजार क्षेत्रमा रहेको अव्यवस्थित पार्किङ देखिएको छ । व्यवसायिक कर अझैँ पनि व्यवहारिक रुपमा हुनुपर्दछ । घरबहाल कर अझैँ सहज बनाउनुपर्ने देखिएको छ । यि लगायतका समस्या समाधानमा म लगायत हाम्रो समुह लागिपर्नेछ ।

    अनत्यमा के भन्नुहुन्छ ?
    – अन्तयमा सबै दमकमा रहनुभएका सम्पूर्ण व्यवसायीहरुमा म चन्द्रमाया निरौला (जमुना) लाई यही भदौँ २० गते हुने दमक उवासंघको निर्वाचनमा महिला सदस्य पदमा र हाम्रो प्रगतिशिल समुहका सबै उम्मेद्वारलाई अत्याधिक मत दिई विजयी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु । मत माग्ने अभियानका क्रममा म लगायत हाम्रो समुह तपाईहरुसँग भेट हुन सकेन वा आईनपुगेन भनेपनि यसै अन्तरवार्ता मार्फत म तपाईहरुसँग मत माग्न चाहन्छु । धन्यवाद । जय उद्योगी व्यवसायी ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…