• हेटौंडाः टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत हेटौँडा पुगेका छन्। गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भन्दै उनले उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनीलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यो आदेशमा आफूलाई चित्त नबुझेको भन्दै निवेदन रविले दर्ता गराएको अदालतले जनाएको छ । लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका हुन्। लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलासले भोलि प्रारम्भिक सुनुवाई गर्ने लामिछानेको टोलीका एक सदस्यले जानकारी दिए। लामिछाने र कँडेलकोतर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले भोलि बहस-पैरवी गर्ने उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…