• १७ भदौ, काठमाडौं । आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै छ । तीजका व्रतालुहरुले भोलिपल्ट सप्तऋषिको पूरा गरी व्रत समाप्त गर्दछन् । ऋषिपञ्चमीको पूजा नगरे तीजको व्रत अपुरो हुने धार्मिक विश्वास छ ।

    व्रतालुहरु बिहानै माटो, तिल र अमलाको पिनाले स्नान गरी, एक वर्षको प्रतीककारुपमा ३६५ वटा दतिवनले दाँत माझी, चोखो वस्त्र लगाउँछन् । त्यसपछि मध्याह्न्नमा अरुन्धतीसहित सप्तऋषिहरु कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा गर्दछन् ।

    कतिपयले घरमै परिवारका सदस्य र छिमेकीहरु भेला भई पुरोहित बोलाएर सामूहिक पूजा गर्दछन् । कतिपयले भने ऋषिको मन्दिरमा गएर पूजा गर्दछन् । यसै अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेवको मन्दिरमा आज पूजा गर्नेको घुइँचो लागेको छ ।





    सप्तऋषिको पूजा गरिसकेपछि भजनकिर्तन गर्दै नाच्ने चलन पनि छ । ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरेमा जानीजानी गरेको वा अन्जानबस गरेको ‘पाप’ सबै नष्ट हुने धार्मिक विश्वास छ ।











सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…