• बाहुण्डाँगी । सुनसरीको दुहवी पाटी प्यालेसमा सोमवार तिजको अवसरमा दुहबी जेसिजको आयोजनामा भएको दुहबीको मिसेज तिज २०७६ को उपाधी सुमि शर्माले हात पारेकी छिन ।

    उनलाई दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले ताज सहित ट्रफि, ११ हजार एक सय नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको थियो । उपाधि सहित सुमि शर्मालाइ दुहवी नगरपालिकाको २०७६ सालको सदभावना दुत बनाइने नगर प्रमुख गच्छदारले बताउँनुभयो ।

    यसैगरी दोस्रोमा सुनिता बिश्वास र तेस्रो गायत्री ढकाल भएकी छिन । उनिहरुलाइ क्रमस ८ हजार, ५ हजार नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको
    थियो । मेयर गच्छदारले सबै सहभागि प्रतियोगिलाइ शुभकामना दिनु हुँदै तिजको पौराणिक महत्वको वारेमा चर्चा गर्नु भएको थियो ।
    त्यसैगरि अन्य ६ ओटा बिधामा समेत पुरस्कार प्रदान गरिएको थियो ।
    वेस्ट पर्सनाल्टीमा सोनी श्रेष्ठ, वेस्ट हेयरमा पार्वती पासवान, वेस्ट इस्माइलमा रिजु भट्टराई, वेस्ट ड्रेसमा सुस्मीता खवास, वेस्ट मेकअपमा आस्मा भट्टराई, वेस्ट वाकमा अन्जना थपलिया रहेकी थिइन । उनिहरुलाइ उपाधि सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यसैगरि दर्शक सहभागिबाट वेस्ट डान्सरमा पहिलो हुँने एन्जीला गिरी, दोश्रो हुँने कविता रेग्मी र तेश्रो हुँने एलिसा ढकाललाइ समेत पुरस्कृत गरिएको थियो ।

    सबै फोटो विमला सुवेदी कार्कीको फेसबुक वालबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…