• यहि भदौ २० र २१ गते नेपाल जेसीज अन्तर्गत रहेको क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलन झापाको भद्रपुरमा हुँदैछ । भद्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनमा सहभागि हुन  ३९ वटा शाखाका ६ सय भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनको सेरोफेरोमा रहेर भद्रपुर जेसीज वर्ष २००३ का शाखा अध्यक्ष तथा क्षेत्रीय सम्मेलनका सम्मेलन निर्देशक बसन्त पोखरेलसँग गरिएको कुराकानी प्रस्तुत छ ।

    . भदौ २० र २१ गते क्षेत्र क को क्षेत्रीय सम्मेलन गर्दै हुनुहुन्छ । तयारी कस्तो हुँदैँछ ?
    क्षेत्रीय सम्मेलनको सबै तयारी पुरा भएको छ । कार्यक्रम स्थलको व्यवस्थापन, अतिथि, प्रमुख अतिथि तथा अन्य आगन्तुक अतिथिहरुलाई निमन्त्रण गर्ने काम सम्पन्न भएको छ । स्मारिका प्रकाशन भएर आइसकेको छ । बसाई व्यवस्थापनदेखि हल व्यवस्थापन सम्मको काम पुरा भइसकेको छ । प्राविधिक कुराहरु समेत व्यवस्थापन भइसकेको छ । प्रचार प्रसार, सजावट तथा गेट निर्माणको काम सम्पन्न भएको छ । हामी उद्घाटनको दिनको पर्खाइमा मात्र छौँ ।

    २. क्षेत्रीय सम्मेलनको मुख्य लक्ष्य तथा उदेश्य के हो ?
    यो सम्मेलन नेपाल जेसीजको महाधिवेशनको पूर्व तयारीका लागि हो । महाधिवेशनमा सहभागि हुनु भन्दा पहिले आफ्ना शाखामा भएका विभिन्न गतिविधिहरुलाई क्षेत्रीय स्तरमा छलफल गरी महाधिवेशनमा सहभागि हुने हो । यो एरियामा रहेका जेसीज संस्थाहरुको वार्षिक साधारणसभा हो । जसमा एक वर्ष भित्र संस्थाले गरेका गतिविधिहरुलाई प्रस्तुत गर्ने, आगामि दिनका योजनाहरु ल्याउने, नेपाल जेसीजका गतिविधिहरुलाई सार्वजनिक गर्ने हो । साथै एरियाभित्रका शाखाहरुको यथार्थ जानकारी समेत यस सम्मेलनमा हुनेछ । यसका साथै छिमेकी शाखाहरुबिचको सम्बन्धलाई समेत थप मजबत बनाउन सम्मेलनले सहयोग पुर्याउँछ ।

    ३. यो क्षेत्र क सम्मेलनको कार्यक्रम तालिका कस्तो छ ?

    — जेसीजको अन्तर्रा्ष्ट्रिय मूल्य–मान्यता अनुसार कार्यक्रमको तालिका हुन्छन् । यो सम्मेलनमा पनि त्यस्तै नै हुन्छ । यही भदौ २० गते समुद्घाटन समारोह हुन्छ । समारोहको प्रमुख अतिथिका रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई निमन्त्रणा गरेका छौं । उद्घाटन समाारेहपछि प्रकरण गोष्ठी चल्छ । त्यसमा नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन प्रसाईं, प्रतिनिधिसभा सदस्य एवम् राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन, नेकपाका रविन कोइराला र नेपाली कांग्रेसका बद्री पाण्डे सहभागी हुनुहुनेछ ।

    त्यसैगरी, मोटिभेसनल सेसन पनि रहनेछ । त्यसमा प्रखर वक्ता रमेश प्रसाईं र मिस नेपाल अनुष्का श्रेष्ठले सहभागिता जनाउनु हुनेछ भने जेसीहरुबीचको वक्तृत्वकला प्रतियोगिता पनि गराइने छ । २१ गते विहान सम्मेलनमा सहभागी सम्पूर्ण जेसी तथा संघ–संस्था, शैक्षिक प्रतिष्ठान, नागरिक समाजसमेतको सहभागितामा भद्रपुरको नवनिर्मित मेची पूलदेखि सम्मेलनस्थल सिटी गार्डनसम्म शान्ति पदयात्रा निकालिने छ । त्यसपछि क्षेत्र ‘क’ को साधारणसभा सञ्चालन हुनेछ ।

    ४. सम्मेलनलाई कुन रुपमा उत्कृष्ट बनाउँदै हुनुहुन्छ ?
    सम्मेलनको आतिथ्य गरिरहेको भद्रपुर जेसीजले पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिएर सबै जेसीलाई परिचालन गरेको छ । पूर्व अध्यक्ष हरि पोखरेललाई स्मारिका एवम् रजिष्ट्रेशन, गणेश पोखरेललाई, अतिथि सत्कार, जय तिम्सिनालाई कार्यक्रम व्यवस्थापन, लोकनाथ भट्टराईलाई आर्थिक, अभिषेक ढुंगानालाई प्रचार–प्रसार तथा यातायात, निरोज पोखरेललाई आवास तथा शान्ति पदयात्रा, किरणकुमार शर्मालाई खाद्य र प्रकाश भण्डारीलाई हल व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष सोमप्रसाद ढुंगेल सम्मेलन सचिवको रुपमा रहेका छन् । सम्मेलन सम्पन्न गर्नका लागि हामीले विभिन्न उपसमितिहरु निर्माण गरेका छौँ । अतिथि सत्कार, मञ्च व्यवस्थापन, खाना व्यवस्थापन, होटल व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका उपसमितिहरु छन् । जसले आ आफ्नो क्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ । जसले गर्दा हरेक काममा सहज भएको छ । यसकारण सम्मेलनमा आउने जेसीजकर्मीहरुका लागि हामीले सकेसम्म सहज होस भन्ने उदेश्य राखेका छौँ । जसमा सम्मेलनमा आउने जेसीज साथीहरुलाई सहज होस भन्नका लागि हामीले अग्रिम रजिष्टर गराइरहेका छौँ । यो सम्मेलन अहिलेसम्मकै उत्कृष्ट र ऐतिहासिक बन्ने कुरमा हामी विश्वस्त छौँ ।

    यस सम्मेलनले तपाईहरुको शाखालाई के फाइदा पुग्छ ?
    फाइदा नै सबैथोक होइन र एउटा शाखाको आफ्नो पहिचान पनि हो । जुन पहिचान यो सम्मेलनले दिन्छ । एरिया बि का ३९ वटा शाखाहरुको जमघट हुन्छ । साथै अन्य क्षेत्रबाट समेत जेसीजकर्मीहरुको सहभागिता हुनेछ । एक अर्का शाखाहरुसँगको सम्बन्ध थप सुदृढ हुन्छ । त्यसमा आफ्नो शाखाले गरेका राम्रा कुराहरुलाई प्रस्तुत गर्ने अवसर समेत मिल्छ । यसका साथै सम्मेलनमा शाखाका लागि केही आर्थिक स्रोत समेत आम्दानी हुनेछ ।
    ६. सम्मेलन गर्नका लागि कति खर्च हुने अनुमान गर्नु भएको छ ?
    — हामीले ४० लाख रुपैयाँ अनुमान गरेका छौं ।

    ७. खर्च व्यवस्थापनका लागि आम्दानीको स्रोत के छ ?
    मुख्य स्रोत भनेको प्रतिनिधहरुको रजिष्ट्रेशन शुल्क हो भने बाँकी खर्च स्थानीय तहहरु, संघ–संस्था, उद्योगी–व्यवसायी र स्मारिकामा प्रकाशित विज्ञापन शुल्कबाट जुटाइने छ ।
    साथै स्थानीय शुभचिन्तकहरुबाट सहयोग हुनेछ ।

    ८. यो सम्मेलनले के सन्देश प्रवाह गर्छ त ?

    — सबैलाई थाहा भएकै कुरा हो कि जेसीज भनेको एउटा शान्तिप्रिय सामाजिक संस्था हो । यसले सदैव शान्ति र विधिको शासनको वकालात गर्दै आएको छ । यो सम्मेलनले पनि राष्ट्रशान्ति र विश्वशान्तिकै सन्देश प्रवाह गर्ने हो । अर्को कुरा, विभिन्न क्रियाकलापमार्फत युवाहरुमा रहेको प्रतिभा प्रष्फुटन गराउने हो, नेतृत्व र क्षमता विकास गराउने हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…