• काठमाडौ । किरात राई विध्यार्थी संघ केन्द्रीय समितिले मातृ भाषामा शिक्षा अभियान चलाउने भएको छ ।

    आज (भाद्र १७) संघको केन्द्रीय कार्यालयमा आयोजित २१ औं स्थापना दिवसको अवसरमा भएको अन्तरक्रिया कार्यक्रम मार्फत अभियानको उद्घाटन गरेका हुन ।

    कार्यक्रमको प्रमुख अतिथी रहनु भएका यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ ले सम्पर्क भाषा राईको हुनुपर्ने बताए । राईले प्रदेशबाट प्रकाशन हुन लागेको गोरखापत्र दैनिकको भाषा पृष्टमा राईको २५ वटै भाषा समेटन पहल गरिने बताए ।

    प्रमुख अतिथी राईले प्रदेश १ को नाम किरात राख्न राजनीतिक दल र प्रदेश सांसदहरुस्ँग कन्भिन्स गर्दै आएको भन्दा भन्दै नभएमा रगत को खोलो बग्न सक्ने बताए ।

    कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघको पूर्व केन्द्रीय महासचिव परशुराम तामाङले भाषिक अभियान थाल्ने अभियान कर्ताले पहिला भाषा जान्नु पर्ने बताए । तामाङले यायोक्खाले भाषाको लागि माष्टर प्लान बनाएर लाग्नु पर्ने बताए ।

    राईहरुले भाषा फरक हुदैमा अर्कै जाती भन्नू नहुने एकजाती बहुभाषिक भनेर स्थापित हुनुपर्ने तामाङले बताए । भरक भाषी राईले अर्कै जाती भनेमा थारुको ४, मगरको ३ भाषा रहेकोले उनिहरुलाई समेत असर पर्ने बताए ।

    तामाङले अहिले पाखुराको समय गएको भाषा, सन्चार र ज्ञनको जमाना भएकोले लाहुर चाडेर नेपालको राजनीतिक सामाजिक कार्यमा लाग्नुपर्ने बताए ।

    कार्यक्रममा भाषाविद डा. तारामणि राईले भाषा ज्ञन, विचारको माध्यम र पहिचान भएकोले ज्ञन लिन मातृअ भाषामा पठन पाठन हुनुपर्ने बताए ।

    कार्यक्रममा यायोक्खा केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले किरात प्रदेश नभए स्वायत्त प्रदेशको लागि कडा आन्दोलन हुने चेतावनी दिए ।

    संघको निवर्तमान अध्यक्ष विर्सिका राई, पूर्व महासचिव डेकिन्द्रकुमार राई, सस्थापक निलम राई, यायोक्खा काठमाडौ जिल्ला अध्यक्ष प्रमिला राई, साम्पाङ भाषिक संस्थाका अध्यक्ष हरि के सम्पाङ राई लगायतको सहभागिता तथा शुभकामना दिएका थिए ।

    कार्यक्रम संघको अध्यक्ष जितेन राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष शोभित राईले स्वागत र महासचिव रबिन राईले सन्चालन गरेका थिए । स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको अध्यक्ष जितेन राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…