• काठमाठौं । रसुवामा हिजो प्रहरीबाट ट्रक चालक कुटिएको भिडियो भाइरल भएपछि त्यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

    घटना कसरी भयो ? भन्नेबारेमा यथार्थ बुझनका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । चालकले पहिला हात छाडेको र नियन्त्रणमा लिने क्रममा प्रहरीबाट हातपात भएको स्वीकारेको छ ।

    प्रहरीले चालकलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् ।

    घटनाबारे सत्यतथ्य छानविन गर्न र दोषीलाई कारवाही गर्न निर्देशन दिएको नागरिकखबरलाई उनले बताए ।

    चालकलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

    पार्किङमा राखिएको कन्टेनर हटाउन प्रहरीले आग्रह गरेको थियो । सो आग्रहलाई बेवास्ता गर्दै अटेर गरेरपछि प्रहरीले नियन्त्रणमा लिन खोजेका थिए ।

    केहीबेर भनाभन भएको थियो । भनाभनपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । चालक कन्टेनरबाट ओर्लिएर भाग्न खोजेका थिए ।

    भाग्न खोज्दै गर्दा घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) माथि एक थप्पड लगाएको ती असईले बताएका छन् । प्रहरीले ती असईका नाम छानविनको क्रममा रहेको भन्दै सार्वजनिक गरेको छैन ।

    ती असईमाथि हातपात गर्दै चालक भाग्न खोजेको देखेपछि नजिकै रहेका हवल्दारले केहीबेर लखेटेर चालक अशेष तामाङलाई समातेका थिए ।

    चालक तामाङलाई समात्ने क्रममा प्रहरीले चार लात्ती हानेको स्पष्ट भिडियोमा देखिएको छ । तर, प्रहरी अधिकारीहरु नै प्रहरीले नियन्त्रणमा लिनलाई नै लिउँ कि नलिउँ जस्तो गरेको देखिएको बताउँछन् । त्यसरी नियन्त्रणमा लिने व्यक्तिलाई च्याप्पै समाएर लडाउने र हात बाँध्ने प्रचलन छ । ‘तर, रसुवा घटनामा भने प्रहरी ‘लुते’ देखियो’ एक प्रहरी अधिकारीले भने ।

    रसुवा नाकामा यो घटना मात्र पहिलो भने होइन । सो नाकामा अरुबेला पनि प्रहरीबाट चालकहरु कुटिएको अन्य चालकहरुले बताएका छन् । प्रहरीले भने तस्करहरुमाथि प्रहरी निर्ममताका साथ कारवाहीमा उत्रिने गरेकाले यो भाइरल भिडियोका आधारमा उचालेर चालकहरुलाई बोल्न लगाएको बताउँछन् ।
    ‘चालकलाई नियन्त्रणमा लिनका लागि गरिएको भिडियो मात्र बाहिर आयो, त्यसअघि असईमाथि नै हातपात भएको भिडियो आएन, त्यसैले पनि सर्वसाधारणमा प्रहरीको मात्र दोष देख्ने काम भयो’ प्रहरीले भने, ‘प्रहरीलाई बदनाम गराउने काम भयो ।’

    सो घटनापछि जिल्ला प्रहरी कार्यालय रसुवाले छानविन थालेको छ । डीएसपी भागेन्द्रपुरुष ढकालले त्यस घटनाबारे अनुसन्धान भइरहेको बताए । चालकलाई भने प्रहरीले हिरासतमा राखेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…