• भाद्र १८, बुटवल । बुधबार स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ११ महिनाको बालिका सहित तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

    २८ यात्रीे बोकेको उक्त जीपमा मृत्यु हुने वालिकाको नाम पनसन परियार रहेको छ भने अन्य दुई मृतकको परिचय खुल्न बाँकी रहेको गल्याङ प्रहरी चौकीका इन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिएका छन् ।

    इन्सपेक्टर घिमिरेका अनुसार घाइते मध्य केहीको उपचार लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा भइरहेको छ भने केहीको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर फर्काइएको छ ।

    प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…