• काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको अर्को विकल्प खोज्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दे उनले अर्को विकल्प खोज्न आग्रह गरेको हुन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्ने बताए ।
    कार्यकारी प्रमुख लामो समय सम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्‍न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे ।

    बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी नआएको भन्दै उनले शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

    प्रत्येक दुई।तीन महिनामा दस बाह्र दिन देश बाहिर गएर टेलिप्रिजेन्समार्फत् मन्त्रीहरूको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने बताए । नेपालको आन्दोलन र शान्ति प्रक्रियामा ठूलो योगदान पुर्‍याउनएको , ठूलो राष्ट्रिय जिम्मेवारी पूरा गरेको र स्वाभिमानको लडाइँमा अथक योद्धा प्रधानमन्त्री लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रुपमा देख्न चाहाने उल्लेख गरे

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…