• दमक,  १९ भदौं– करिव चार महिना अघि खोटाङमा भएको किरात राई विध्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनबाट पराजित समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव पक्षधर केही नेताहरुको उपस्थितिमा किरात राई विध्यार्थी संघ गठन भएको छ ।

    भदौ १७ गते संघको २१ औं स्थापना दिवस हो । स्थापना मनाउने भन्दै झुक्याएर खोटाङमा परिषद सदस्यको आन्तरिक निर्वाचन समेत जमाना जफत हुनेगरी हारेका समाजवादी पार्टी सम्बद्द विध्यार्थी संगठनको मनोनित सचिव रामचन्द्र राईको अध्यक्षतामा समिती घोषणा गरेका छ्न ।

    रामचन्द्रले संगठनको बर्थ-डे (स्थापना दिवस)मा आफुलाई अध्यक्ष घोषणा गरेपछी समाजवादी पार्टी पक्षधर ती नेताहरुको लागि अब राष्ट्रिय सम्मेलन पर्खिनु नपर्ने नजिर स्थापना भएको छ ।

    समाजवादीको भेलाले सुशन रुमाहाङ राई उपाध्यक्ष घोषणा गरेका छ्न ।
    उपाध्यक्ष सपना राई, महासचिवमा अञ्जिलहाङ किराती, सचिवमा अशोक राई, र याम बाङदेल, कोषाध्यक्षः रमला राई, सहकोषाध्यक्ष रोशन राई घोषणा गरेका छन । घोषणा भएका सबै जसो समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधर रहेको बुझिएको छ ।

    स्थापना दिवस मनाउने भन्दै संघको पूर्व अध्यक्ष धिरेन्द्र रुम्दालीको नेतृत्वमा राई विध्यार्थीलाई विभाजनको प्रयास भएको हो । खोटाङ राष्ट्रिय सम्मेलनबाट वैधानिक रुपमा निर्वाचित जितेन राईको अध्यक्षता रहेको संघले भने स्थापना दिवसबाट अध्यक्ष स्वघोषणा गर्नु आफैमा हास्यपद भएको प्रतिक्रिया दिएको छ । रहर र निर्वाचनको पराजयको पीडाको रुपमा प्रचार गरिएको समिती भंग गरेर बैधानिक बाटो आउन जितेन राईले आव्हान गरेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…