• राजु पोखरेल

    दमक/ चुनाब जित्नको लागि सबै हर्कत गर्छन भने कुरा दमक उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रिक प्यानलले पुष्टि गरेको छ। भोली हुने दमक उद्योग बाणिज्य संघ निर्वाचनलाइ प्रभाव पार्नका लागि गोकुल श्रेष्ठ अध्यक्षको उम्मेदवार रहेको प्यानलले सडक बत्ति लगाएपछि यसले तंरग पैदा गरेको छ । ब्यवसायीहरुलाइ लोभ र लालच देखाउन खोजिएको भन्दै यसले तंरग ल्याएको हो ।

    संसदीय तथा स्थानीय चुनावमा जस्तो बाणिज्य संघको चुनावको सम्मुखमा आम्दा अस्पताल नजिक दमक २ स्थित नवसिर्जना टोलमा संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको समूहले १० थान सडक बत्ती लगाएको पाईएको हो । ब्यापारीलाइ सडकबत्तिमा बिक्ने अवस्था छ भन्ने यसले देखाउछ यो राम्रो होइन, ब्यापारीले भनेकाछन् ।

    सडकबत्ति जोड्ने, वाइफाइ जोड्नेजस्ता कार्य गरेर लाजमर्दो चुनावी शैलीमा उत्रेको पाइएपछि ब्यापारीहरु समेत लज्जित भएको अवस्था रहेको एक अगुवा ब्यवसायीले बताए । आफ्ना एजेण्डा लिएर मत माग्नु पर्नेमा यस्तो कार्य सुहाउदो होइन र ब्यापारीलाइ समेत प्रभाव र किन्न खोज्नु लाजमर्दो, हो ति ब्यवसायीले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…