• भदौ १९, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ ।

    देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ। देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    यसको प्रभावले पहाडी भू-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमासमेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    भाद्र १९ गते (विहीबार)

    दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    भाद्र २० गते (शुक्रबार)

    दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

    भाद्र २१ गते (शनिबार)

    दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

    रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…