• इनरुवा । सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गर्दै जिल्ला प्रशासन सुनसरी मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो ।

    दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ती जनाएको हो । अल्टिमेटमसहित तत्काल पुनःबहाली गर्न माग गदै विवादित सञ्चार विधेयक समेत सच्याउन माग सहित प्रेस यनियनल सुनसरीले ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन सुनसरीकाक अध्यक्ष धनबहादुर पुरीले राजनितिक प्रतिशोधले निकालिएको कर्मचारीलाई तत्काल काममा फर्काउँन माग गरे । पत्रकारहरुको योग्यताको कुरा उठाउँने सञ्चारमन्त्रलायले दक्ष कर्मचारी निकालेर सरकारी सञ्चारमाध्याम कार्यकर्ता जागिर खाने ठाउँ बनाएको अध्यक्ष पुरीको भनाई थियो ।

    त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति आपत्ती समेत जनाईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…