• काठमाडौं । मध्यबानेश्वर निवासी सीता खत्री, सामाखुसीकी शिवा, कुपण्डोलकी स्वस्तिका पेट दुखेपछि मध्यरातमा वीर अस्पतालको आकस्मिक कक्षमा पुगे । त्यसो त तीजको दरले रातमा उपत्यकाका निजी तथा सरकारी अस्पतालका आकस्मिक कक्षमा आउने महिला बिरामी अपच, पेट दुख्ने र फुड प्वाइजनिङका हुने गरेका थिए ।
    बिगत एक महिनादेखि अस्पतालका बहिरंग विभाग र आकस्मिक विभागमा आउने बिरामीमा महिलाको संख्या बढेको छ । खाना बिषाक्तता, अपच, वान्ता, अमिलो डकार, पेट पोल्नेजस्ता सिकायत लिई अस्पताल धाउनेमा बढी तीजको दर पार्टी खाएको र समस्या उत्पन्न भएको बताउँदै थिए ।
    बिगत दुई महिनादेखि तीजको पर्वका नाममा भोज भतेर, जीवशैली परिवर्तन र मानसिकताले उत्पन्न जटिलतामध्ये केही प्रतिनिधि पात्र मात्र हुन् । यी त आकस्मिक तथा तत्कालै देखिएका समस्या तथा रोगहरू भए । यही एक महिनाको खानपान, जीवनशैली, निद्रा आदिले कैयौं समस्या थपिएका छन् भने धेरैमा भविष्यका लागि रोगको जोखिम बढेको छ ।

    महिला स्वतन्त्रताको पर्व : तीज

    समयक्रमस“गै बाहुन, क्षेत्री जातका नारीले मात्र मनाउने तीज तामाङ, गुरूङ, राई, लिम्बु हुदै सबै नेपाली नारीको पर्व बन्न पुगेको छ । चेली र माइतीको सम्बन्धलाई प्रगाढ बनाउने, फगत सत्ता र मातृसत्ताबीचको सनातन भाव प्रवल हुने, साथीसंगी घरसंसारमा नया“ आयाम थप्ने तीज कर्मवादी संसारमा विचरण गर्न सिकाउने महान चाड हो । तर, तीजको नाममा बढेको खानपान, गरगहना, गीत संगीतजस्ता विकृतिले सामान्य साथै संभ्रान्त परिवारका जो सुकैका लागि चाडपर्व बेइज्जती र दशा बन्न गरेको छ ।
    हिमालयपुत्री पार्वतीले जंगलमा व्रतीय बास गरी शिवलाई पतिका रूपमा पाउने कामना पूर्ण गर्न सफल भएको पवित्र तिथिमा व्रत, उपवास, भजन, कीर्तन र नाचगान समग्र आर्य नारी संसारमा पौराणिक आदेश र ऐतिहासिक यथार्थ हो । यसको अनुशरण गर्दै विवाहित महिलाले आफ्ना पतिको दीर्घायु एवं अविवाहित महिलाले योग्य वर पाउ“m भनी तीजको व्रत बस्ने गरेको पाइन्छ । समयक्रमस“गै समग्र नेपाली नारीको पर्व बन्न पुगेको छ ।

    तथापि, तीजको नाममा बढेको विकृतिले सामान्य परिवारमा हुर्केका, सामान्य आयस्तर भएका जोसुकैको लागि चाडपर्व दशा विदेश, स्वदेश विश्वभर बन्न थालेको छ । तीजे संस्था खोली चन्दा उठाउने, चेलीबेटीलाई प्रवेश शुल्क लगाई पैसा कमाउने काम भएका छन् । तीज आउन महिनाअघि दर खान थालिएको हुन्छ । परिवर्तनसँगै महिला संगठित भएर पर्व मनाउनु नकारात्मक नभएपनि बहानामा हुने विकृति र विसंगति भिœयाउने गतिविधिलाई भने निरुत्साहित गरिनुपर्छ ।
    दर खाने नाममा जा“ड र रक्सीका पार्टी सञ्चालन हुन थालेका छन् । तीजे गीतको भाकामा डान्स र बारमा जाग्राम बस्न थालेका छन् । नशालु पदार्थको नशामा बेहोस भएर मनाउन थालेका छन् । तीजको रौनक बढाउन चारतारे होटल र पार्टी प्यालेस नधाई नहुने विकृति मौलाएको छ । तीज कोभन्दा को कम, कसले बढीे गहना लगाउ“छ भन्ने गहनाको चाड बनेको छ । । दरका साटो रकम वियर, ह्वीस्की, माछामासु र मिठाइले ठाउ“ पाएका छन् । तीजे संस्था खोली चन्दा उठाउने, चेलीबेटीलाई प्रवेश शुल्क लगाई पैसा कमाउने काम पनि नहुने गरेका होइनन् ।

    निर्जल, निराहार उपवास वा पानी नखाएर, थुकै ननिली व्रत बस्दा टाउको दुख्ने, अम्लपित्त हुने, शरीर दुख्ने, कमजोर हुने, नसा झमझमाउने, शरीरमा ग्लुकोजको कमी भएर बेहोस भई ढल्ने समस्या देखिए

    निजी तथा सरकारी अस्पतालका आकस्मिक कक्षमा आउने बिरामी महिला अपच, पेट दुख्ने र फुड प्वाइजनिºका कारणले सताइएका थिए

    गीत संगीत

    हिजोआज दैनिकजसो घरघरमा टेलिभिजन, रेडियोमा गुन्जिरहने तीज गीत प्रायः यस्तै छन् । हामी प्रायः यस्ता गीतका भाव, अर्थ र प्रभावको वास्तै नगरी रातो साडी र चोलोमा भएभरका सक्कली, नक्कली गहना पहिरेर कम्मर मर्केलाजस्तै गरी नाचिरहेका छौं । मौलिक मूल्य मान्यतालाई कुल्चेर उपभोगवादी, यौनिकता र पूर्णरूपेण उपयोगको साधन र परनिर्भर बनाई होच्याउने संस्कृति बनेको छ । महिलाको पर्व तीज हकहित, स्वाभिमान, आत्मनिर्भरता, पहिचान, अधिकार, आत्मसम्मान र स्वतन्त्रताको पर्वमा पुरुषनिर्भर गीतमा रमाइरहेका छौं । खानामा, गीतमा र सम्बन्धमा मौलिक मिठास भर्ने गौरव बोकेको संस्कृति तीज अहिले खोक्रो भएको छ ।

    दरमा डर

    पहिले खीर र शाकाहारी खाद्य पदार्थलाई दरको रूपमा प्रयोग गरिन्थ्यो भने अहिले समयक्रमस“गै मासुजन्य पदार्थ, रक्सीजन्य पदार्थ र मिठाइमा बढोत्तरी भएको छ । खानाबाट विभिन्न रोगहरू लागेर अस्पताल नै धाउने धेरै भएका छन् । मासुका पनि विभिन्न का“चो तथा अर्धका“चो परिकार तथा तारेको, भुटेको परिकारमा वृद्धि भएको छ भने मिठाइमा बजारमा पाइने रंगीन, बुट्टेदार, अखाद्य मिठाइमा बढोत्तरी भएको छ । रा“गा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ । अशुद्ध मासु खा“दा सर्ने रोगमा फित्ते कीराहरू टिनिया सोलियस, टिनिया साजिनाटा, ट्राकीनेल्ला स्पाइरलीस र फ्यासकीओला हेपाटीका, ब्याक्टेरीयल संक्रमणमा एन्थ्राकस, एकटीनोमाइकोसीस, क्षयरोग र फुड प्वाइजनिङ पर्दछन् ।
    धेरै चिल्लो हालेर फ्राइ गरेको, पिरो मसलादार भन्दा सामान्य चिल्लो भएको तथा राम्रोस“ग पकाएको परिकार नै स्वस्थकर हुन्छ । का“चोले विभिन्न किसिमका रोगका जिवाणुहरू सार्ने सम्भावना हुने भएकाले परिकारहरू राम्रोस“ग पकाउनुपर्दछ । ससेज, सलामी, क्यान वा बट्टामा बन्द टुना फिसजस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानि गर्ने, एडीटीब, प्रिजरभेटिभ रसायन राखिनाले हानिकारक हुन्छन् । मासु मात्र खा“दा कब्जियत हुन सक्ने भएकाले मासुस“ग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्दछ ।

    विभिन्न प्रकारका खाद्यपदार्थ र मिठाइस“गै रोग पनि किनिरहेका छौं । कतिपय मिठाइमा रंगहरू, सिम्रिक, सिन्दुर, अबीर, नीर, रोडामीन बी, ब्रिलियन्ट ग्रीन, मालाचीट ग्रीन, मेटालीन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामीन, केशरी तथा चम्पारंग इत्यादि प्रयोग भएका हुन्छन् । पेट गडबड, पखाला लाग्न सक्छ । रातो रक्तकोष नष्ट हुन्छ, रगतको कमी हुने रोग लाग्छ । रोगस“ग लड्ने क्षमता घट्छ, भित्री कोमल अंगजस्तै कलेजो, मुटु, मृगौला, कमजोर हुन्छन् । क्यान्सर हुने सम्भावना बढेर जान्छ, चर्मरोग लाग्ने प्रवल सम्भावना हुन्छ, बाझोपन हुनसक्छ । आ“खा, कान कमजोर हुनसक्छ, सन्तान लुला, लंगडा एवं अपांग हुन सक्छन्, सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ । खाद्यपदार्थ सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजवैटीभले जिब्रोमा ससाना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्ध आउने, दन्त सड्ने गरेको पाइन्छ ।

    उपवास

    आफ्नो मनोकामना पूरा गर्न भगवान्का निमित्त, आध्यात्मिक एवं धार्मिक साधनाका रूपमा प्राचीन समयदेखि नै उपवासको महŒव छ । उपवास श्रद्धा र भक्तिभावका लागि मात्र नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । संस्कृतमा व्रत भन्नाले भक्ति वा संकल्प र उपवास भन्नाले भगवान्को नजिक बुझाउँछ ।
    सामान्यत उपवासको अवधि मानिसको उमेर, रोगको अवस्था, सेवन गर्ने औषधीको प्रकारमा भर पर्दछ । उपवास गर्दा पानी, फलफूल, जुस, कागती पानी सेवन गर्न सकिन्छ । पेटमा ग्याँस, दूषित पदार्थ नरहोस् भन्नाका लागि पेट सफा गरेपश्चात् मात्र उपवास बस्नुपर्छ । दैनिक ६ देखि ८ गिलास पानी पिउनुपर्छ । उपवास तोड्ने क्रममा, धेरै प्रोटिन, एकैचोटी धेरै खाने नगरी विस्तारै धेरैचोटी चबाएर मात्र रेशादार खाना, सामान्य भोजनमा फर्किनुपर्छ । शारीरिक कमजोर, १८ वर्ष नपुगेका उपवास बस्नुहुँदैन । आयुर्वेद चिकित्सा पद्धतिमा समेत उल्लेखित उपवास चाडपर्वसँग मात्र नजोडेर दैनिक जीवनमा समेत लागू गर्न सके स्वास्थ्यका लागि हितकर हुन्छ ।

    तीजका दिन निर्जल, निराहार उपवास वा पानी नखाएर, थुकै ननिली व्रत बस्दा टाउको दुख्ने, अम्लपित्त हुने, शरीर दुख्ने, कमजोर हुने, नशा झमझमाउने, शरीरमा ग्लुकोजको कमी भएर बेहोस् भई ढल्ने र अस्पतालसम्म पुग्ने पनि उल्लेखनीय रहे ।
    अन्त्यमा, तीज समग्र महिलाको साझा चाड भए पनि पतिको जीवनसँग सौभाग्य जोड्ने हाम्रो संकीर्ण संस्कारले विधवामा मुटुको का“डा बन्न पुगेको छ । हुनेखाने र हु“दाखाने तथा ग्रामीण र सहरी महिलाबीचको पृथकताले तीजको संस्कारमा आकाश जमिनको अन्तर देखिएको छ । तसर्थ, मौलिकता, समृद्धि, स्वतन्त्रता, आत्मसम्मानका रूपमा तीजजस्ता हरेक पर्वलाई मनाउन र खानपान, जीवनशैली, उपवासलाई स्वास्थ्यमैत्री बनाउन तपार्इं, हामी सबै उद्दत हुन जरुरी छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…