• काठमाडौं  । फिफा विश्वकप छनौटको दोस्रो चरणको एसियाली छनौटतर्फ आज आफ्नो पहिलो अवे खेलमा नेपालले कुवेतको सामना गर्दैछ । यस बर्ष कुवेत र नेपालबीच यो तेस्रो भेट समेत हो ।

    यसअघि मार्च मै कुवेतमा भएको दुई मैत्रीपूर्ण फुटबल म्याचतर्फ पहिलो खेल बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपालले १–० को हार बेहोरेको थियो ।

    खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले तयारी राम्रो गरेको र एक आपसमा भिड्न तयार रहेको बताईसकेका छन् । कुवेत र नेपालबीचको पछिल्ला तथ्यांकलाई हेर्दा यी दुई टोली कुल पाँचपटक भिडेका छन् ।

    जसमा चार खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । आज कुवेत स्पोर्टस क्लबमा नेपाली समयअनुसार राती ११ बजे हुने खेलमा कुवेतलाई नै बलियो प्रत्याशी मानिएको छ । यद्यपि नेपालले कुवेतको डटेर सामना गर्ने पनि स्पष्ट पारेको छ ।

    यदि नेपालले आज कुवेतलाई हराए, त्यो नेपालका लागि ऐतिहासिक जित पनि हुनेछ । तर त्यो त्यति सजिलो भने हुने छैन । यद्यपि आजको खेल दुवै टोली टोलीका लागि निकै महत्वपूर्ण पनि छ ।

    विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपाल र कुवेतसँगै पावरहाउस अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…