• काठमाडौं, २० भदौ । नेपाल प्रहरीलाई भ्रष्टाचारमुक्त चुस्त, दुरुस्त र व्यवसायी संगठन बनाउने नारा लिएर हिँडेका आईजीपी सर्वेन्द्र खनाल असफल जस्तै देखिएका छन् ।

    उनले जति चुस्त बनाउँछु भने पनि शक्तिकेन्द्रको आड पाएका प्रहरी अधिकारीहरुले उनलाई नतमस्तक बनाउँदै आएका छन् ।

    प्रहरीमा आकर्षक जिल्लाको मात्र नभई आकर्षक युनिट इन्चार्ज हुनका लागि सरुवाका बेला शक्तिकेन्द्र धाउने खेल आईजीपी खनालले रोक्न सकेको देखिँदैन ।

    आकर्षक जिल्लामा सरुवा हुने र तस्करीदेखि विभिन्न अवैध गतिविधिलाई संरक्षण गरी कुस्त आर्थिक लाभ लिने सपना बोकेर शक्ति केन्द्र धाउनेहरु प्रहरीभित्र धेरै छन् ।

    शक्ति केन्द्रबाट दबाब दिन लगाई उनीहरुले खोजेको ठाउँमा सरुवा गराउन आईजीपीलाई बाध्य पार्ने चलनमा परिवर्तन ल्याउन सकेका छैनन् ।

    आफूले खोजेको ठाउँमा सरुवा भएपछि आईजीपीलाई दबाब दिने शक्ति केन्द्रमा रहेका व्यक्तिहरुलाई मोटो रकम बुझाउने शर्त गर्दै उनीहरुले अवसर लिने गरेका छन् । त्यस्ता कर्मचारीमाथि आईजीपी खनालले कुनै कारबाही गर्न नसकेको प्रहरी स्रोत बताउँछ ।

    क्षमता नै नभए पनि सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिने जिल्ला तथा प्रहरी युनिटको नेतृत्व सम्हाल्न शक्ति केन्द्रहरुको आड पाएकाहरुले सरुवा मिलाउने गर्दछन् ।

    सरुवा भएर गएपछि आफूले तोके बमोजिमको रकम तथा उपहार शक्ति केन्द्रमा बुझाउनका लागि तस्कर र अवैध धन्दा संचालकहरुसँग सम्झौता गर्दै आफू बद्नाम गर्नेहरुको कमी छैन ।

    २ नम्बर प्रदेशमा सरुवा हुनासाथ डीआईजी हरि पालले डीएसपी सन्तोष खड्कालाई लगेर ८ वटै जिल्लामा घुमुवाका रुपमा परिचालन गरेका थिए । उनी २ नम्बर प्रदेशबाट विशेष ब्यूरोमा सरुवा भएपछि खड्कालाई उनीसँगै ल्याएका छन् ।

    डीएसपी खड्कालाई आफू जहाँ गयो, त्यहीँ लैजानुमा डीआईजी पालको स्वार्थका लागि हो भन्ने पुष्टि भएको छ । २ नम्बर प्रदेशमा रहँदा तस्कर र अवैध कारोबारहरुसँग अकूत रकम डीएसपी खड्कामार्फत पालले संकलन गरेका समाचार सार्वजनिक गरेको थियो ।

    ब्यूरोमा आएपछि पनि खड्कालाई आपराधिक गतिविधिमा संलग्नहरुबाट रकम असुल गराउनकै लागि गउनलाई सँगै ल्याएको हुनसक्ने अनुमान प्रहरी वृत्तले गरेको छ ।

    अपराध अनुसन्धान महाशाखामा डीएसपी भएकै बेला एसपी पदमा बढुवा भएका सोमेन्द्र सिंह राठौर गत जेठ १६ गते जिप्रका पर्सामा सरुवा भएका छन् ।

    उनी सरुवा भएसँगै आफू निकट रहेका अपराध अनुसन्धानमा कार्यरत अधिकृतदेखि जवानसम्मलाई पर्सामा सरुवा गराएका छन् । त्यसै समयदेखि रकम असुलीमा निपुण रहेका प्रहरी निरीक्षक असरफ अलि अन्सारीलाई पर्सामा सरुवा गराउन ठूलो प्रयत्न गरेका थिए ।

    त्यसबेला संचारमाध्यमहरुमा उनले सेटिङमा तस्करहरुसँग रकम असुलीकै लागि अन्सारीलाई सरुवा गराउन खोजेको सार्वजनिक भएपछि रोकिए पनि केही दिन अगाडि अलिलाई पर्सामा सरुवा गराएरै छाडेका छन् ।

    अलिको सरुवा पर्सामा भएपछि पर्साका भारतीय सीमा नाकाहरुबाट तस्करीलाइनले पूर्णता पाउने छ भने भ्रष्ट मनोवृत्तिका राठौरलगायतका प्रहरी कर्मचारीहरु मालामाल हुने पक्का भएको छ ।

    अपराध अनुसन्धान महाशाखामा रहेका बेला विभिन्न प्रकृतिका अपराधीहरुबाट रकम उठाएर राठौरलाई बुझाउने अन्सारीलाई पर्सा जिप्रकाको मुद्दा शाखामा राखेर रकम असुली गराउने उनले तयारी गरिरहेका छन् ।

    तल्लो पदमा रहँदादेखि नै आर्थिक चलखेलमा विवादमा पर्दै आएका अन्सारीलाई मुद्दामा राखेर अपराधिक समूहहरुसँग साँठगाँठ मिलाउने र रकम असुल्ने राठौरको तयारी पूरा हुन २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले दिन हुन् कि होइनन्, त्यो हेर्न बाँकी छ, गोलमेचमा उल्लेख छ ।

    राठौर अपराध महाशाखामा सँगै काम गरेका प्रहरी नायव निरीक्षक विष्णु शिवाकोटीलाई पनि पर्सामा लगेका छन् । असुली कलामा अन्सारी जत्तिकै निपुण दर्जाले सिपाही भए पनि सुरेन्द्र कार्कीलाई पनि उनले रकम असुलीकै लागि पर्सामा लगेका छन् ।

    उनको चितवनका मोटरसाइकल चोर दिपु श्रेष्ठसँग निकटता रहेकाले पर्सा र चितवनमा उनीहरुको धन्दालाई सहज बनाएर रकम असुली गर्नका लागि कार्कीलगायतको समूहलाई उनले प्रयोग गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…