•  

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट घाइते भएकी छात्राको उपचारका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । शुक्रबार बिहान वीरगन्ज–३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

    खातनुको उपचारमा कमिकमजोरी हुन नदिन मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ दिने घोषणा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका कर्मचारी आतिश मिश्रले बताए।

    खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले वीरगन्ज–३ छपकैया निवासी मुस्कान खातुनमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

    कक्षा ९ मा अध्ययनरत छात्रामाथि एसिड प्रहारे घटना तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिब्द्धता जनाएका छन्। मुख्यमन्त्री राउतले प्रदेश २ मा छोरीलाई शिक्षित बनाउने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाएका छन्। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…