• अर्जुन जम्नेली राई

    काठमाडौं । किरात राई यायोक्खाको तेस्रो अन्तरष्ट्रिय सम्मेलन आगामी मे महिनामा वेलायतमा हुने भएको छ ।
    किरात राई यायोक्खा अन्तरष्ट्रिय समन्वय समितिको आज(शनिबार) केन्द्रीय कार्यालय काठमाडौ नेपालमा भएको वैठकले सन २०२० मे मा वेलायतमा अन्तराष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको समितिको संयोजक दिवस राईले बताए ।

    अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्ष, महासचिव र कोषाध्यक्ष किरात राई यायोक्खा केन्द्रीय समितिकै हुने व्यवस्था रहेको छ ।
    बैठकमा किरात राई यायोक्खा कुवेतको कविता राई, मलेशियाको रविन राई, साउदी अरवको रामकुमार राई, अन्चल राई, किरात राई प्रज्ञा परिषदको कुलपति जय राई, यायोक्खा केन्द्रीय उपाध्यष तथा अन्तराष्ट्रिय विभाग प्रमुख जीवन हाताचो राई लगायतको सहभागि रहेको महासचिव जनक राईले बताए ।
    अन्तराष्ट्रिय समन्वय समितिले किरातीहरुको मुन्धुम, माङखिम, यलम्बरको प्रतिमा, लिपी, भाषा, संस्कार संस्कृतिलाई एक रुपतामा ल्याउन पहल गर्दै आएको छ । समन्वय समितिले प्रदेशको नाम किरात राख्नको लागि समेत आवाज उठाउदै आएको छ ।

    किरात राई अन्तराष्ट्रिय समन्वय समितिको आयोजनामा २०६७ मा नेपाल र सन २०१५ मा भारतमा पहिलो र दोस्रो सम्मेलन भएको थियो । ३—३ बर्षमा हुँदै आएको तेस्रो सम्मेलनको किरात राई यायोक्खा वेलायतले व्यवस्थापन गर्ने बताइएको छ ।

    यायोक्खा अन्तरष्ट्रिय समन्वय समितिको बैठकमा अनिष राईको ब्लड मनिको लागि उठेको रकम खोजि गर्नुपर्ने साउदी अरव, कुवेत, मलेशियाका प्रतिनिधिहरुले विचार राखेका थिए । सम्बन्धीत देशमा हुने यायोक्खाको कार्याक्रममा उक्त रकमको बारे कुरा उठ््ने गरेको र जवाफ दिन नसक्ने अवस्था रहेको बैठकमा कुरा राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…