•  

    काठमाडौं । यही १४ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचन केही आर्थिक स्वार्थ बोकेको एउटा खुराफाति गिरोहको प्रभावमा फस्न लागेपछि चिन्ता व्यक्त भएको छ । विशुद्ध सामाजिक संस्थामा राजनीतिको आडमा आफ्नो निहित स्वार्थसिद्ध गर्ने गिरोह घुसेपछि अग्रज अभियन्ताहरु चिन्तित भएका हुन् ।

    यसपटक एनआरएनए यूके अध्यक्षका लागि शेरबहादुर सुनार र पुनम गुरुङबीच प्रतिष्पर्धा छ । तर गुरुङ समूहलाई जिताउने नाममा बेलायतको नेपाली समुदायमा लगभग बहिष्कृत केही पात्रले सामाजिक विखण्डन ल्याइ पवित्र संस्थालाई राजनीति, जात, भेग र क्षेत्रिय बिखन्डनको
    पासा फ्यांकेर संस्थाको साख नै धुमिल्याउन लागेका पाइएको छ ।

    एनआरएन अभियानमा लामो समयदेखि लागेका लोकतन्त्रवादी नेता र विशेषगरी दलित, उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने तथा सबैलाई समेट्न सक्षम सुनार विजयको एकदमै नजिक छन् । तर उनको जित हुने सम्भावनापछि गुरुङलाई बोकेर हिंडेका वामपन्थी धारका रामशरण सिम्खडा र पत्रकार चिरन शर्मा समाज भांड्न उद्यत देखिएका छन् । यस कार्यमा निज शर्माका दाईको समेत हात हुन सक्ने अनुमान गरिएको छ। उनीहरुले नेपाल जाने टिकटसहित मोटो रकम लिएर पुनमलाई जिताउने ग्यारेन्टीसहित अभियान गरिरहेको श्रोतको दावी छ । पुनमले जिते केन्द्रिय अध्यक्षका उम्मेदवार कुमार पन्तलाई सजिलो हुने तथा शेरले जिते प्रजातान्त्रिक धारका कुल आचार्यलाई फाइदा पुग्ने विश्लेषण ती चतुर खेलाडीको छ । तर जसले जिते पनि केन्द्रको चुनावमा त्यति फरक नपर्ने र कुल आचार्य बेलायतका भएकाले उनलाई सबैको सहयोग मिल्ने पर्यवेक्षकहरुको विश्लेषण छ ।

    एनआरएनए यूके अध्यक्षमा पुनम टिमले जिते केन्द्रीय अध्यक्षका प्रत्यासी कुमार पन्तको पक्षमा मत जाने आश्वासन दिएर उनीहरूले शुभलाभ गरिसकेको दावी विश्वस्त सूत्रले गरेको छ।

    केन्द्रीय अध्यक्षका बलियो दाबेदार कुल आचार्यको जित निश्चित भएपछि सिम्खडाहरु सबैभन्दा बढी सदस्य भएको एनआरएनए यूके एनसीसीमा आफ्नो पकड जमाउने र कुमारलाई जिताउन सकिने भन्ने भ्रमपूर्ण योजना बुनेर जति सकिन्छ बढी कमाऊने धन्दामा कस्सिएका छन्। त्यसकारण साम, दाम नभनि पुनम टिमलाई बोकेर उनीहरुले सुनार पक्षलाई गालीगलौज गर्ने, मानसिक तथा मनोवैज्ञानिक त्रास देखाएर शेरले हारिसकेको भ्रम फैलाउने, पत्रकारहरुको बहसमा पुनम टिमलाई सहभागी नै हुन नदिने र परिआए निर्वाचनका दिन बुथ नै कब्जा गर्नेसम्मको षडयन्त्रमा लागेको श्रोतहरुले जिकिर गरेका छन् ।

    आफ्नो स्वार्थपूर्ति गर्न सिम्खडा र शर्मा अहिले रातदिन नभनि मैदानमा खटिएका छन् । उम्मेदवारहरु भन्दा बढी व्यस्तता उनीहरुलाई छ । बेलायतको नेपाली डायस्पोरामा उनीहरुको चलखेल बढी नै देखिएको छ । तर शालिन र स्वच्छ छवि बनाएका शेर सुनारको सभ्य अनि व्यवस्थित प्रचारप्रसार अभियान तीव्र छ । पुनमले जातीय नारा लगाएता पनि उनमा नेतृत्व क्षमता कमी भएका कारण शेर नेतृत्वमा आउने लगभग निश्चित रहेको आंकलन छ ।

    पूनम समूहले चुनाव जित्ने सम्भावना घट्दै गएको र उनले जिते पनि उनको नाममा खुराफाति गिरोहले सिङ्गै एनआरएन युकेलाई कब्जा गर्ने भएकाले सोचविचार गरेर मात्र मतदान गर्न एनआरएन अभियन्ताहरुले सबै बेलायतवासी मतदाताहरूलाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…