• सम्भवतः आफ्नो अवैध सम्बन्धको पोल खुलेपछि त्यही कुराले पीडा भएर नारायणीको तीरमा पत्नीले आत्मह*त्या गरिन् । यही कारण रवि चैतदेखि आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष अन्तर्गत कारागारमा छन्

    काठमाडौं। धादिङका एक युवकले श्रीमतीसँग आफूलाई मनमा लागेको शंकाबारे सोध्दा श्रीमतीले आत्मह*त्या गरेकी छिन् । युवक आत्मह*त्या दुरुत्साहन अभियोगमा चितवन जेल पुगेका छन् । धादिङको छेपाङ गाउँका रवि रने सेढाइ अहिले चितवन कारागारमा बसेर आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष गरिरहेका छन् जनआस्था साप्ताहिकको समाचार अनुसार रवि केही वर्ष अघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए । रविले मलेसियाबाट मेहनतको
    कमाइ पत्नीलाई पठाइरहे । तर, फर्किएर आउँदा कमाइ केही पनि बाँकी थिएन । रविलाई आफ्ना आमाबाबुले पो त्यो रकम खर्च गर्थे कि भनेर चितवन \ भण्डारामा पिप्लेमा गएर सोधिखोजी गरे । आफूले पठाएको रकमबारे पत्नीलाई सोधे, खोजे, जबाफ पाएनन् ।त्यही बीचमा रविले अर्को सूचना पाए – उनी विदेश हुँदा उनकी पत्नीले गर्भनिरोधक चक्की पिल्स खान्थिन् । त्यसपछि उनले यसबारे पत्नीलाई सोधे । सम्भवतः आफ्नो अवैध सम्बन्धको पोल खुलेपछि त्यही कुराले पीडा भएर नारायणीको तीरमा पत्नीले आत्मह*त्या गरिन् । यही कारण रवि चैतदेखि आत्मह*त्या दुरुत्साहन मुद्दाको पुर्पक्ष अन्तर्गत कारागारमा छन्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…