• दमक, २२ भदौ । प्रधानमन्त्री केपी ओलीलाई गृहनगरमै झड्का लागेको छ। आफ्नो गृहनगर दमकको उद्योग वाणिज्य संघमा प्रधानमन्त्री ओलीलाई झड्का लागेको हो। उद्योग वाणिज्य संघमा कांग्रेस निकट र नेकपा निकट गरि दुई समुहमा वाँडिएर निर्वाचन भएको थियो। संघीय संसददेखि स्थानिय तहसम्म नेकपाले वर्चस्व जमाएको ठाउँ दमकमा उद्योग वाणिज्य संघ दमकमा कांग्रेस निकटहरुको जीतले प्रधानमन्त्री ओली तथा उनको दल नेकपाको लोकप्रियतालाई पनि मापन गरेको स्थानियहरुले बताएका छन्।

    दमक उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले सत्तारुढ नेकपाको प्रगतिशील व्यवसायीलाई हराउदै शानदार जित हासिल गरेको छ । आज विहान मतगणनाको अन्तिम नजिता अनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक र सत्तारुढ नेकपाको निकट प्रगतिशील समूहले भने एक पदाधिकारी,एक लेखा संयोजक गरि १० वटा पद जितेको छ । अध्यक्ष,लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरि ४४ जना उम्मेदवारहरु निर्वाचनमा प्रतिष्पर्धी थिए ।

    अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी बने । उनले १४११ मत प्राप्त गरि विजयी वने भने उनको प्रतिद्धन्दी नेकपा निकट प्रगतिशिल समूहका विमल खतिवडाले ९१६ मत प्राप्त गरे । अध्यक्षमा ४९५ मतान्तर रहयो ।
    पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सवै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायीहरु निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशिलका गोपाल गुरागाईं बिजयी बए । उनका प्रतिद्धन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।
    त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिकै राजु खड्काले १२०९ मत प्राप्त गरि बिजयी बने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । यस्तै द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी वने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरेका थिए ।
    यस्तै ,तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२ ) बिजयी बनिन् । उनले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेका थिईन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

    महिला सदस्यमा निरौला र सिटौला
    यसैगरी खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला (११३६ ) र प्रगतिशिलकी लक्कि सिटौला( ९७९ ) बिजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिईन् ।

    बस्तुगतमा २ लोकतान्त्रिक ,तीन प्रगतिशिल
    बस्तुगत तर्फलोकतान्त्रिक समूहबाट दुई जना र प्रगतिशिलबाट तिनजना बिजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी वने भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बने । बस्तुगत सदस्यमा लोकतान्त्रिकका तिलबहादुर डाँगी (तिलक )७७४,प्रकाश नेपाल ८९८, भेनस श्रेष्ठ ११४८ र प्रगतिशिलका राधाकृष्ण आचार्य ८७० मत पाएका छन् ।

    खुल्ला सदस्यमा .तीन,तीन
    यसैगरि ६ खुल्ला सदस्यतर्फ लोकतान्त्रिकका चन्द्र खत्री ( १२९४ ),तुलसीराम तिम्सीना ( ११८७ ) ,नविन अग्रवाल ( १२०३ ) र प्रगतिशिलका असिम राई ( १०८३ ) भरत कुमार चम्लागाई (१२२२) र राजकुमार थापा ( १२०५ ) मत प्राप्त गरि विजयी वनेका छन् । खुल्ला सदस्य पदम न्यौपाने १००१,रुपक दाहाल (रुपक) ९३०, संजित रौनियार ८३६,सुवासचन्द्र गड्तौला ९०१, सुमन काफ्ले ९३४ र सुरज लिम्बु ८९० ले मत पाएका थिए ।

    लेखामा एक लोकतान्त्रिक ,२ प्रगतिशिल
    तीन सदस्यीय लेखातर्फ संयोजकमा प्रगतिशिलका खोम प्रसाद बगालेले १२२३ मत ल्याएर विजयी वने भने उनका प्रतिद्धन्दी लोकतान्त्रिकका पारसमणी आचार्यले १०५९ मत प्राप्त गरे । दुई लेखा सदस्यमा लोकतान्त्रिका कृष्णराज दाहालले १३२४ र प्रगतिशिलका मोहन मागर मिनले ११०९ मत प्राप्त गरि विजयी बने । सदस्यतर्फ लोकतान्त्रिकका दिपेन्द्र तिवारी १०१२ र प्रगतिशिलका लाल बहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरेका थिए ।
    संघको तीन वर्से कार्यकालको गत शुक्रवार भएको निर्वाचनमा २६८० मध्ये २३३० मत खसेको थियो । निर्वाचनमा सत्तारुढ नेकपा निकट प्रगतिशिल र नेपाली कांग्रेससहितहका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूह प्रतिष्पर्धामा थिए ।

    यसमा तपाइको मत

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…