• नगेन्द्र मणी न्यौपाने

    दमक । । विगत केहि बर्षयता आएर झापाको दमकमा शंखे किराको प्रकोप बढदै गएको छ । केहि वर्ष अघि सम्म दमकको बजार क्षेत्रमा मात्र देखिने गरेको शंखे किरा अहिले नगरको दक्षिणी वडा दमक १० मा पनि देखिन थालेको किसानहरुले गुनासो गरेका छन । दमकको बजारमा भयावह जस्तै बनेको शंखे किराको प्रकोप क्रमश बजार क्षेत्रमा कम हुदैगएपछि ग्रामिण भेगमा विगविगी बन्दैगएको छ । विशेष गरेर बढि चिसो र सेपिलो ठाँउमा यो किराको प्रकोप बढि हुनेगरेको दमक १० का किसान रमेश न्यौपानेले बताउनुभयो । जमिनमा बस्ने शंखे किरा प्राय बैशाख महिना देखी कार्तिक सम्म बढी सक्रिय हुने गर्दछ । जमिनी शंखेकिराले कृषकहरूलाई निकै नोक्सान पुर्याउदै आएको छ । दमकको मुख्य कृषि क्षेत्रको रुपमो रहेको यो वडामा शंखे किराको प्रकोप बढन थालेपछि किसान चिन्तीन बनेका छन ।

    के हो शंखे किरा यसको नियन्त्रण यसरी गर्न सकिन्छ ?

    यिनीहरूको लार्भाहरूलाई नाम्ले किरा भनिन्छ । नाम्ले किरा भएको घाँस पात खाएमा गाई, भैंसी तथा अन्य घर पलुवा पशुहरू रोगी भएर मर्न पनि सक्ने पशुचिकित्सकहरुले बताएका छन । तिनै नाम्ले बाट बनेका शंखे किरा मकै, कोदो, फापर आदी अन्न बाली सहित बिशेष गरेर नरम प्रकृतीका तरकारी तथा फलफूल बालिमा बढि नोक्शानी पुरयाउने गर्दछ । यो किराको शरिर बाट निस्कने एक प्रकारको रसायन युक्त रयाल जस्तो देखिने तरल पदार्थ बालीमा लागेपछि मर्ने संम्भाबना अधिक रहन्छ । यसको न्यूनीकरणका लागिसुर्तीको झोल साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिने बालीविज्ञहरुले सुझाएका छन । नुनको प्रयोगले पनि यसलाई न्यनिकरण गर्न सकिने प्राविधिकहरुले बताएका छन ।

    शंखे कस्तो स्थानमा पाइन्छ ?
    नेपालको तराई देखि पहाडी भेगमा समेत शंखे किरा पाउने गरिएको छ । यो किराले तरकारी तथा फलफुल ठुलो नोकसानी पुरयाउदै आएको छ । मध्य बैशाखबाट देखिन सुरु हुने यो किरा असार श्रावनमा अत्यधिक बृदी भै भाद्रको अन्तिम देखि बिस्तारै हराउदै जाने गरेको पाइन्छ ।
    यो किराको रोेचक पक्ष यस्तो छ
    यो किरालाई अचम्मको जिव पनि मान्न सकिन्छ । शंखे किराको आँखामा घाउ भएर अथवा केही भएर आँखा गुमायो भने यसले फेरि अर्र्काे आँखा निकाल्न सक्छ । पूर्वी अफ्रिकाको रैथाने यो जीव भारतको कलकत्ता हुँदै पूर्वी नेपालको तराईबाट प्रबेश गरेको मानिन्छ । बिहान र रातको समयमा सक्रिय देखिने यो जीव ओसिलो क्षेत्र बस्न रुचाउँने गर्दछ  । शंखेकिरा निकै खतरानक जीव मानिन्छ  ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…