• काठमाडौँमा एक कार्येक्रमको बीच नेपाली चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, पुजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर र राजाराम पौडेल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा नृपेश उप्रेतीको शब्द रहेको छ भने रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको छ ।
    सार्वजनिक गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ । चलचित्रमा किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपाली (लट्टे)को पनि अभिनय रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले छायाँकन गरेका हुन् । चलचित्रले कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथा भन्ने निर्माण टिमको भनाई छ ।
    किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रलाई शिशर राणाले निर्देशन गरेका छन् भने राजिव गुरुङ र सरोज नेपालीले लगानी गरेका छन् । चलचित्रकी कार्यकारी निर्माता अमला देवि राई हुन् । चलचित्रमा अर्जुन पोखरेल र लाल बहादुर खतीको संगीत, कमल राईको कोरियोग्राफी, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्र आगामी कार्तिक ८ गते तिहारको अवसरमा प्रदर्शन हुनेछ ।

    (भिडियो सहित्):

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…