• काठमाडौं । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले संस्थाका पूर्व तथा वर्तमान पदाधिकारी सदस्यहरुलाई राजनीतिक अभिष्ट भन्दा माथि उठेर समुदायको हितमा लाग्नुपर्ने जनाएको छ ।

    पछिल्लो समय यायोक्खाको प्रमुख भातृ संस्था किरात राई विद्यार्थी संघको विषयलाई लिएर सामाजिक संञ्जाल र केही अनलाइन मिडियाहरुमा भ्रम पैदा भएपछि आइतबार (भदौ २१ गते) संस्थाको महासचिव जनक राईले विज्ञप्ति प्रकाशन गरी संस्थाको धारणा सार्वजनिक भएको हो ।

    प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘संस्थालाई प्रत्यक्ष हानी पुग्ने गतिविधीहरुलाई निरुत्साहित गर्दै अमर्यादित क्रियाकलाप तथा टिकाटिप्पणि नगर्न, नगराउन र भ्रमपूर्ण समाचारहरुको पछि नलाग्न सम्पूर्ण समुदायमा हार्दिक आव्हान गर्दछौं ।’

    १) संघको सम्मेलन, निर्वाचन र आधिकारिकता बारे

    किरात राई विद्यार्थी संघको २०७६ बैशाख २६–२८ गते खोटाङमो ९ औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ समिति गठन भएको थियो । संस्थाको २१ औं स्थापना दिवसको अवसरमा झापाको दमकबाट २०७६ भदौ १८ अर्को समिति गठन भएको केही मिडियाहरुबाट सार्वजनिक भएपछि राई समुदायमा अन्तराष्ट्रिय रुपमै अन्योलता छाएको थियो ।

    संघको विधान अनुसार ५७ सदस्यीय परिषदसहित ३७ जनाको केन्द्रीय समिति गठन हुने व्यवस्था छ । विधान अनुसार विभिन्न जिल्ला र उपत्यकालाई समेट्नु पर्नेहुदा सम्मेलन आयोजक समितिबाट उपस्थित ४० बाट आयोजक समितिलाई २३ जना कोटा छुट्याइएको थियो । ४० बाट २३ जना छान्नको लागि आयोजकवीच आन्तरिक निर्वाचन भएको थियो ।

    ‘संघको ९ औं राष्ट्रिय सम्मेलनमा रामचन्द्र राई लगायतले उम्मेद्वारी दर्तादेखि मतदान प्रक्रिया सहभागी भई निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिई सम्मेलन समापन भएको हो ।’ यायोक्खाले विज्ञप्ति मार्फत भन्यो ‘निर्वाचित समितिलाई बधाई दिएर घर फर्किएपछि सामाजिक संजालमा, हाम्रो असहमति छ भन्नु कत्तिको यु्क्तिसंगत र जायज छ ?’

    यायोक्खा केन्द्रीय महासचिव जनक राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘सामाजिक संजालमार्फत नयाँ संगठन खोलिएको भ्रम फैलाउने काम भइरहेपनि ९ औं राष्ट्रिय सम्मेलनबाट विधि विधान र प्रकृयाबाट आएको जीतेन राई नेतृत्वमा रहेको केन्द्रीय समिती आधिकारीक भएको कुरामा कोहीपनि भ्रमित नहुन अनुरोध छ ।’

    २) अध्यक्ष दिवसलाई लाग्दै आएको आरोपको खण्डन

    विद्यार्थीको राष्ट्रिय सम्मेलनको प्रमुख अतिथि रहेका यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईमाथि सोही विषयमा लाग्दै आएको आरोप तथा व्याक्तिगत लान्छनाप्रति पनि यायोक्खाले खण्डन गरेको छ ।

    सम्मेलनको वन्द सत्रमा अभिभावकीय भूमिका निर्वाह गरेका अध्यक्ष दिवस राईमाथि कपोल कल्पित आरोप लगाएर संगठनको गरिमालाई नै ध्वस्त बनाउने घातक कदमप्रति यस संस्था गम्भिर भएको उल्लेख छ । केही व्यक्तिहरुबाट निरन्तथर छरिन्दै आएको भ्रमले आम समुदायमा सृजना भएको अन्यौल छाएको उल्लेख गर्दै भ्रमित नहुन समुदायलाई आग्रह गरेको छ । संस्था र समुदायलाई बलियो बनाउन एक ढिक्का रहन यायोक्खा हार्दिक आब्हान गर्दछ ।

    सो विषयलाई लिएर केन्द्रीय अध्यक्षको टोलीलाई कालो झण्डा देखाउने हर्कत भएको प्रति आयोक्खा केन्द्रीय समिति सोही समयदेखि खेद प्रकट गर्दै आएको छ ।

    ३) औपचारिक रुपमा कसैको गुनासो आएको छैन

    सम्मेलनलाई लिएर कसैको गुनासो भए विधि, प्रकृया, औपाचारिक रुपमा यायोक्खामा ध्यान दिन सकिने विज्ञप्तिमा उल्लेख छ । यद्यपि समान्यभन्दा सामान्य गुनासो संस्थागत हिसावले नल्याइ विषयलाई जटिन बनाउने प्रयास संस्थाको हित विपरित भएको उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…