• बिर्तामोड । झापाको दुई स्थानमा आज राती बम बिस्पोट गराएको आशङ्कामा दुई जना पक्राउ परेका छन् ।

    उनीहरुलाई बिर्तामोड – २ चारपानेबाट बिहान ४ बजे पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । आज मध्यरातमा बिर्तामोड- २ चारपानेमा रहेको सहारा नेपालको निर्माणाधिन कार्यलय र गौरादस्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारीमा एकै समयमा बिस्पोट गराइएको थियो ।

    सहारा नेपालको सीसी क्यामेरा फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बम बिस्पोटको घटनामा थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    सहारामा प्रेसर कुकर बम बिस्पोट हुँदा कार्यलयको झ्याल र गार्डकक्ष पूर्णरूपमा क्षति भएको बताएको छ । यस्तै बिस्पोटबाट गौरादह नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।

    प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…