• काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु गर्दा केन्द्रीय समितिमा भएका १९ जना छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेको बताएका छन्। प्रचण्डले आफूहरुमध्ये धेरै मारिन्छौं भनेर छुट्टा छुट्टै फोटोसमेत खिचाएको बताए।

    सोमबार नेकपा कार्यालय धुम्बाराहीमा सुरेश वाग्ले स्मृति सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने– जनयुद्धको तयारी गर्दै गर्दा बसेको केन्द्रीय समितिको बैठकमा अब हामी को बाँचिन्छ को मरिन्छ भनेर छलफल गरेका थियौं। त्यतिबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं। हामी मध्ये धेरै छिटै नै मारिन्छौं भन्ने लागेको थियो।’

    उनले अगाडि भने- हामी इतिहासमा एउटा ठूलो विद्रोहको तयारी गर्न सक्छौं। यसलाई निरन्तरता दिन सकिन्छ। त्यसका आधारहरु पनि छन्। तर हाम्रो सांगठनिक तागत, बौद्धिक तागतले राज्यसँग लडेर तुरुन्तै जित्न सकिँदैन। यसले केही समय लिन्छ। र, नेतृत्वहरु सधैं बाँचिरहने भन्ने हुन सक्दैन। नेतृत्वको पंक्तिबाट नै त्यो बलिदानको स्प्रिट यहाँ प्रदर्शित हुनुपर्छ भनेर भनिएको थियो। हामी सबैले अगल अगल फोटो खिचेका थियौं। भोलि सहिद भइयो भने यो अन्तिम बैठकको ऐतिहासिकता र त्यहाँ सहभागीहरु चिनिनुपर्छ भनेर हामीले त्यसो गरेका थियौं।’

    उनले सुरेश वाग्लेको चर्चा गर्दै २०५६ सालमा सरेश वाग्लेको हत्या भएपछि माओवादी जनयुद्धमा वलिदान गर्नेको संख्यामा वृद्धि भएको बताए। सुरेश वाग्लेको हत्या भएपछि त्यसले बौद्धिक, शिक्षक, विद्यार्थी र क्रान्तिकारी कम्युनिष्टमा ठूलो तरंगा पैदा गरेको उल्लेख गर्दै त्यसपछि माओवादी जनयुद्धमा प्रवेश गर्ने र बदिलानीका लागि तयार हुनेको संख्यामा वृद्धि भएको बताए।

    ‘२०५६ सालमा जतिबेला उहाँको हत्या भयो, देशैभरी निकै ठूलो रुपमा तरंग आयो। त्यो भन्दा अगाडि समग्रमा हामीले विद्रोह सुरु गरेपछि १५÷१६ सय मानिसको मृत्यु भएको थिएन। तर सुरेश वाग्लेको हत्या गरिएको सुन्ने वित्तिकै त्यो देशभर फैलियो,’ उनले भने, ‘बुद्धिजिवी, शिक्षक र विद्यार्थीमा फैलियो र त्यसपछि माओवादी जनयुद्धमा संलग्न हुने राजनीतिक कार्यकर्ताको संख्या गुणात्मक रुपमा वृद्धि भयो। अनि वलिदानको लागि लाम लाग्न थाल्यो। यो कुरा अहिले त कथा जस्तो लाग्छ। हामीले मोर्चामा पठाउँदा साथीहरु वलिदानीका लागि तँछाड मछाड हुन थाल्यो। त्यसपछि सहिदको संख्या बढेर हजारौं हुन पुग्यो।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…