• आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा ‘सेल्फी किङ’को औपचारिक निर्माण घोषणा गरिएको छ । ‘सेल्फी किङ’लाई ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गर्दैछन् । विशाल सापकोटाले सिनेमाको निर्देशन गर्नेछन् । यो उनको डेब्यू सिनेमा हुनेछ ।
    सिनेमा ‘प्रसाद’को टिमसँग अभिनेता विपिन कार्कीको दोस्रो पटक टिमअप भएको छ । सिनेमामा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ । सिनेमामा अभिनेत्री केकी अधिकारी विशेष अतिथीको रुपमा देखिनेछिन् । ‘सेल्फी किङ’को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् । प्रवल कोइराला र राजेश विशुरल सह(निर्माताको रुपमा रहेको सिनेमालाई सुशन प्रजापतिले छायाँकन गर्नेछन् ।
    यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको सिनेमामा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सिनेमाको घोषणा सभामा बोल्दै अभिनेता विपिन कार्कीले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । सिनेमाको कथा आफ्नो वास्तविक जीवनसँग धेरथोर मिल्ने पनि उनको भनाई छ ।
    सिनेमाले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । सिनेमामा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाह गर्नेछन् । पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले न्यू कमरलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू सिनेमा निर्माणमा आएको बताए ।
    सुवास भुषालको संगीत रहने सिनेमाको गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीले स्वर भर्नेछन् । निर्मल लामाले सिनेमाको गीतमा कोरियोग्राफी रहनेछ । जीवन थापाले सिनेमाको सम्पादन गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…