• उर्लाबारी ÷ नेपाली काङ्ग्रेसले मोरङको क्षेत्र नं. १ अन्तरगत प्रदेश सभाका निर्वाचन क्षेत्रमा प्रादेशिक क्षेत्रीय समिति गठन गरेको छ ।
    नेपाली काङ्ग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू , क्षेत्रीय सभापति खड्ग फागो र उर्लाबारी नगर सभापति वीरबल थापाका उपस्थितिमा प्रदेशका दुई वटा क्षेत्रमा समिति गठन गरिएको हो । मोरङ १ (ख) को क्षेत्रीय सभापतिमा ईश्वरी कोइराल    चयन हुनु भएको छ । यस्तै उप सभापतिमा नरबहादुर लिम्बू र पवित्रा पौडेल,सचिवमा मनोज खड्का र वालकुमार चेम्जोङ,सह सचिवमा राजकुमार राई र प्रेमकुमार खड्का चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा कृष्ण सापकोटा,भीम बजी,घनश्याम थापा,कमल खड्का चयन हुनु भएको छ । यसैगरी सदस्यहरूमा पुजन मगर,भोला काजी चाम्लिङ,सीता लोहार,याम श्रेष्ठ र बालकु्मार खान ठकुरी सर्वसम्मत चयन हुनु भएको छ ।
    यसैगरी मोरङ १(क)को सभापतिमा प्रकाश थापा चयन हुनु भएको छ ।कार्य समितिको उप सभापतिमा वाजाहाङ राई र भानुभक्त लुइटेल,सचिवमा उत्तम खड्गी र टंकनाथ दाहाल,कोषाध्यक्षमा इन्दु कार्की सह सचिवमा गोपाल बस्नेत,सीता लामीछाने चयन हुनु भएको छ ।
    कार्य समितिको सदस्यहरूमा जीवन पोमू,कमल तामाङ,प्रकाश श्रेष्ठ,सरोज खड्का,बबी राई,सुभाष भण्डारी,चन्द्रमाया मगर, धु्रवचन्द्र पराजुली रहनु भएको छ ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…