• काठमाडौं, भदौ २३

    पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थुनामा राख्न पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन परेको छ।
    लामिछानेसहित तीन जनालाई धरौटी र तारेखमा छोड्ने जिल्ला अदालत चितवनको आदेश विरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो।

    सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको छ। जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता गरिएको हो। निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ।

    चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…