•  

    मेष – अधुरा काम पूरा हुनेछन् । सामाजिक एवं परोपकार क्षेत्रमा लगानी बढ्नेछ । धार्मिक रुचि बढ्ने एवम यात्राको सम्भावना देखिन्छ । राजनीतिक रुपमा शक्ति बढ्ने एवम ठुलाबडाको साथले पद, प्रतिष्ठामा वृद्धि हुनेछ । काममा जस पाउनाले नयाँ कामको पनि शुरुवात हुनेछ । रोजगारीको बाटो देखिने एवं साथीभाइको सहयोगले व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ । कृषि एवम पर्यटन क्षेत्रबाट फाइदा मिल्नेछ । मातृपक्षबाट सहयोग मिल्नाले पुरानो अधुरो काम पूरा हुने देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवं आम्दानीको श्रोत बढ्नेछ ।

    वृष –साताको सुरुमा अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध आउन सक्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने एवं भाग्यले साथ दिनेछ । सामाजिक क्षेत्रमा राम्रो योगदान रहनेछ । नयाँ कामको शुरुवात हुने एवं ठूलाबडासँगको भेटघाट बढ्नेछ । साताको अन्त्यमा भने नोकरी रोजगारीमा फाइदा एवम आफ्नो कामबाट राम्रो पहिचान मिल्नेछ ।

    मिथुन –यात्राको अवसर आउनेछ । पारिवारीक भेटघाट एवम साथीभाइसँग मनोरञ्जन हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशीयाली बढ्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा गडबडी, काममा अवरोध एवं मानहानीको सम्भावना रहन्छ । साताको अन्त्यमा भने नयाँ कामको थालनी एवम पुराना मित्रको सहयोग मिल्नेछ ।

    कर्कट – प्रतिस्पर्धामा जीत हुनेछ । सामान्य मुद्दा मामिला खेप्नुपर्नेछ । वादविवाद भएतापनि सामान्यमा टुंगिनेछ । साताको मध्यमा भने व्यावसायिक यात्रा हुने एवम सामुहिक कार्यमा समय व्यतित हुनेछ । साताको अन्त्यमा भने अनावश्यक खर्च बढ्ने एवम स्वास्थ्यको चिन्ता हुनेछ । काम बिग्रिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ ।

    सिंह –अध्ययनमा रुचि जानेछ । कला, संगीत एवम साहित्यमा प्रगति देखिन्छ । सन्तानको माया बढ्ने एवं विद्याध्ययनमा प्रगति देखिन्छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुने एवं साथीभाइको सहयोगले जटिल काम पूरा हुनेछ । साताको अन्त्यमा भने यात्रामाखर्च बढी हुनेछ । प्रेमिप्रेमिका बीच खुशीयाली बढ्ने एवं वैवाहिक कुराकानी चल्नेछ ।

    कन्या –प्रेममा शंका उब्जीनेछ । भावनात्मक रुपमा शंका बढ्ने एवं घरपरिवारमा विवाद हुनेछ । साताको मध्यमा भने अध्ययनमा प्रगति देखिने एवम सम्पत्तिको कारोबार बढ्नेछ । छोराछोरीको सुख मिल्ने एवं खुशीको खबर आउनेछ । साताको अन्त्यमा भने सामान्य चोटपटक लाग्न सक्ने एवम पशु चौपायाको क्षति हुन सक्नेछ ।

    तुला – काममा जिम्मेवारी थपिनेछ । उत्साह, उमंग बढ्नाले नयाँ काम गर्ने हौसला मिल्नेछ । छोटो यात्राको संयोग पर्नेछ । साताको मध्यमा भने घरायसी विवाद बढ्ने, आफन्तसँग सम्बन्ध बिग्रिने एवं मानसिक तनाव बढ्नेछ । साताको अन्त्यमा भने आर्थिक फाइदा मिल्ने, अध्ययनमा रुचि जाने एवं नयाँ मित्रसँग भेटघाट एवं राम्रो सम्बन्ध बढ्नेछ ।

    वृश्चिक– धनसम्पत्तिको कारोबारमा प्रगति हुनेछ । बोली बचनले साथ दिने एवं ठूलाबडासँगको भेटले फाइदा मिल्नेछ । दाजुभाइको सहयोग
    प्राप्ति हुने एवम सानो यात्राको अवसर मिल्नेछ । काममा स्याबासी मिल्नाले प्रतिष्ठाको योग बन्नेछ । दिदीबहिनीबाट आर्थिक सहयोग मिल्ने एवं ससुरालबाट धनप्राप्ति हुनेछ । साताको अन्त्यमा भने मित्रबाट धोका, स्वास्थ्यमा समस्या एवम यात्रामा कष्ट हुनेछ ।

    धनु–पहिचानको योग बन्नेछ । काममा प्रगति देखिने एवम नयाँ काममा योजना बन्नेछ । साथीभाइको सहयोगले अधुरा काम पुरा हुनेछ । साताको मध्यमा भने सभासम्मेलनमा सहभागिता मिल्ने, नयाँ मित्रसँग भेटघाट हुने र कला एवं संगीत क्षेत्रबाट प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने सामुहिक यात्रा हुने, नयाँ ठाउँको भ्रमण गर्नुपर्ने देखिन्छ ।

    मकर – साताको शुरुका खर्च बढ्नेछ । नसोचेको ठाउँमा लगानी गर्नुपर्नेछ । पैसाको अभावले ऋण बढ्नेछ । साताको मध्यमा भने पारिवारिक खुशीयाली बढ्ने, प्रेममा प्रगति देखिन्छ । नयाँ सरसामान किनमेलमा खर्च हुने एवं सवारी सुख र मनोरञ्ञ्जनमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने बोलीको कारण प्रशंसा मिल्ने, अध्ययनमा प्रगति देखिने एवं धनसम्पत्तिको कारोबार एवं व्यापार व्यवसाय फस्टाउनेछ ।

    कुम्भ –सवारी साधनको मोह बढ्नेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । स्वास्थ्य बिग्रिनाले सञ्चित धनको नाश हुनेछ । यात्रामा सामान्यकष्ट मिल्ने एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा भने केही राम्रो योग देखिन्छ । साताको अन्त्यमा भने नयाँ सरसामान किनमेलमा खर्च हुने एवं सानो यात्राको योग बन्नेछ ।

    मीन–राजनीतिक पहुँच मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले कठिन काममा फाइदा हुनेछ । व्यापार व्यवसाय एवम आर्थिक क्षेत्रमा प्रगति देखिन्छ । काममा जस मिल्नाले सहयोगीहरू अगाडि आउनेछन् । कृषि एवं पशु चौपायाबाट राम्रो आम्दानी हुनेछ । महिला वर्गको सहयोगले
    आर्थिक भार कम हुनेछ । साताको अन्त्यमा भने केही खर्च बढ्ने, सरसामान हराउन सक्ने एवम सामान्य क्षतिको भय देखिन्छ ।

    ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…