•  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा म‌ंगलबार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले सोमबार साँझ ट्वीट गर्दै दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्न लागिएको बताएका छन्। पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सिङ मार्फत गर्दैछन्।

    मोदीको ट्वीटमा मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले ढुवानी खर्च कम गर्नुका साथै उर्जा सुरक्षा अझ भरपर्दो हुने उल्लेख छ।

    २०७४ सालको फागुन २५ गतेदेखि अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा पाइप लाइन जडानको काम सुरु भएको थियो। ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ।

    मोतिहारीदेखि रक्सौलसम्म ३२।७ किलोमिटर र रक्सौलदेखि अमलेखगञ्जसम्म २६।२ किलोमिटरलामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करीब भारु पाँच करोड रहेको छ।

    पाइपलाइन सुरु भएसँगै वीरगन्ज भन्सार नाकामा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगन्ज –पथलैया–अमलेखगन्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ।

    नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगन्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइन सञ्चालन भएसँगैसहज अवस्था आउने विश्वास लिइएको छ। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…