• उर्लाबारी । मोरङको उर्लाबारी जुवाको अखडा बनिरहेको गुनासो आइरहेको बेला उर्लाबारी प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
    उर्लाबारी–५ स्थित होटल सम्राटबाट मंगलबार विहानको राती १२ः३० मा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी निरीक्षक सुभाष राईको नेतृत्व टोलीले जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ मन २१ बर्षीय आकाश थापा, सोही नगरपालिका वडा नं. १ का ३८ बर्षीय राजु भनिएका सञ्जिब गिरी र सोही ठाउँका ३५ बर्षीय नरेन्द्र लिम्बू रहेका छन् ।

    त्यस्तै, पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं. ५ का ३३ बर्षीय विकास राई, सोही वडाका ३२ बर्षीय सन्तोष भनिएका विशाल राई, सोही वडाका ४२ बर्षीय कृष्ण अधिकारी, उर्लाबारी नगरपालिका वडा नं. ३ का ४० बर्षीय दिनेश थापा, सोही ठाउँका ३५ बर्षीय जाइतो चेम्जोङ, उर्लाबारी नगरपालिका वडा नं. ७ का २२ बर्षीय मोहन कटुवाल र ४१ बर्षीया अशोक राई रहेको प्रहरीले जनाइएको छ । पक्राउ परेका कटुवाल होटलका कर्मचारी हुन् ।

    मध्यरातको समयमा होटलमा होहल्ला र झगडा भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँ नगदसहित पाँच बुङ्ग तास फेला पारेको थियो । पक्राउ परेका १० जनालाई नै जुवा ऐनअन्तरगत मुद्दामा म्याद थप गरी कानूनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…