• काठमाडौं, २४ भदौ । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई आफ्नो पक्षमा तान्नका लागि फकाइरहेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारको लागि सिंगापुर रहेको मौका छोपी प्रचण्डले नेपाललाई फकाउन लागिरहेका हुन ।

    बरिष्ठ नेता नेपालसँग ओली सिंगापुर गएपछि प्रचण्डले पटक–पटक गोप्य भेटवार्ता गरेका निकटस्थ सुत्रहरुले बताएका छन् ।

    ओलीले उपचारका लागि आफु विदेशमा रहदा पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिने अधिकार प्रचण्डलाई दिएर गएका थिए ।

    आफुले पाएको अधिकार प्रयोग गर्ने नाममा नेपाललाई आफ्नो पक्षमा तान्ने खालका निर्णय गर्न प्रचण्डले गोप्य रुपमा नेपाललाई भेटिरहेको सुत्रहरु बताउँछन् ।

    पार्टीका विभिन्न महत्वपूर्ण विभागका नेतृत्वमा ओलीले आफ्नो मान्छेलाई सेटल गराईसकेका छन् । स्कुल विभागको नेतृत्वमा उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याएका छन् ।

    सुरुमा, यो विभागको नेतृत्वको लागि प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले दाबी गरेका थिए । प्रचण्डले पनि ओलीसँग श्रेष्ठलाई यो विभागको नेतृत्व सुम्पिनेगरि ओलीसँग अडान लिएका थिए । तर, ओली टसकोमस नभएपछि स्कुल विभागको नेतृत्वमा पोखरेलले बाजी मारेका थिए ।

    महत्वपूर्ण विभाग टुंग्याउने बेलामा ओलीले पार्टीको वरियता समेत परिवर्तन गरेका थिए । नेकपा सचिवालयको बैठकले नेताहरुको वरियतासमेत हेरफेर गर्दै दुई अध्यक्षपछिको बरियतामा रहेका नेता नेपाललाई तेस्रोमा झारेको थियो ।

    दुई अध्यक्ष पछिको बरियतामा नेता झलनाथ खनाललाई ल्याइएको थियो । सचिवालयको बहुमतको त्यो निर्णयपछि नेता नेपाल अध्यक्ष ओलीसंग रुष्ट छन् । यो निर्णयको उनले चर्को विरोध र असन्तुष्टी पोखेका थिए ।

    निर्णय विरुद्ध सचिवालयमा नेपालले ७ बुँदे असन्तुष्टी समेत दर्ता गराएका छन् । असन्तुष्ट भएको मौका छोप्दै प्रचण्डले नेपाललाई थमथमाएर आफ्नो गुटमा ल्याउने रणनीति रचिरहेका छन् ।

    पार्टीमा शक्तिशाली बन्नका लागि नेपाललाई फकाउन प्रचण्ड लागिरहेका हुन । पार्टीको एकता महाधिवेशन र सरकारको नेतृत्व गर्ने विषयलाई लक्षित गरेर प्रचण्डले नेता नेपालसँग छलफल गरेका हुन् ।

    पदको भागवण्डामा सहमति गर्ने र ओलीलाई शक्तिबाट बाहिर पार्ने रणनीति प्रचण्डको छ । शक्तिका भोका प्रचण्डले अव बन्ने प्रधानमन्त्री या पार्टी अध्यक्ष एउटा आफुले लिएर अर्को नेपाललाई दिने गरी सहमति गर्ने खोजिरहेको स्रोतहरु बताउँछन् ।

    लामो समयको रस्साकस्सीपछिको विभाग विभाजनपछि संगठन विभाग र किसान महासंघको संयोजक बनेका गौतम ओलीपछिको शक्तिशाली बनेका छन् । त्यतिमात्र होइन ओलीले विधानमा नै नभएको उपाध्यक्ष पद स्थापना गरी गौतमलाई त्यहाँ लैजाने प्रस्ताव सचिवालयबाट पारित गराएका छन् ।

    गौतमलाई उपाध्यक्ष र संगठन विभाग प्रमुख बनाउने प्रस्ताव प्रचण्डको थियो । त्यही गुन लगाएर प्रचण्डले गौतमलाई आफुतिर तान्न खोजिरहेका छन् । तर, गौतम भने पर्ख र हेरको अवस्थामा छन् ।

    बर्दियाबाट चुनावमा पराजित भएपछि गौतम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट थिए । त्यसपछि उनले नेकपामा एक व्यक्ति एक पद हुनुपर्ने माग गरेका थिए ।

    पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुख बनेपछि गौतम ओली निकट बन्ने हुन कि भन्ने संका प्रचण्डले गरेका छन् । केही समय अगाडि कुनै बेला गौतम ओलीसँगभन्दा अर्का प्रचण्डसँग घनिष्ठ मानिन्थे ।

    स्रोतका अनुसार गौतमलाई आगामी मंसिर १४ गते कास्की–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाई जिताएर आफ्नो उत्तराधिकारी बनाउन प्रचण्ड लागिरहेका छन् ।

    प्रचण्डले संगठन विभाग प्रमुख र उपाध्यक्षमा प्रस्तावित गर्न आफ्नो ठुलो हात रहेको भन्दै फकाउने प्रयास गरिरहेको स्रोतहरु बताउँछन् ।

    यता प्वाँख काटेको चरोजस्तो बनेका नेपालको बढ्ता चुरीफुरी देखिएपछि अध्यक्ष ओलीले साइजमा ल्याएका नेकपाभित्र चर्चा चलेको छ ।

    शक्तिको उम्माद धेरै भएर दम्भ देखाएको भन्दै नेपालले पनि ओलीलाई देखाइदिने भन्दै प्रचण्डसंग मिल्ने संकेत दिएका छन् । प्रचण्ड भने, नेपाल र गौतमलाई आफ्नो कित्तामा ल्याएर बलियो बन्ने दाउँ खोजिरहेका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…