• काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई डेंगु संक्रमण भएको आशंका गरिएको छ । पछिल्लो समय काठमाडौंमा चर्चित व्यक्तिहरूलाई डेंगु देखिएका बेला गौतम पनि ४ दिनदेखि ज्वरोले पीडित भएपछि यस्तो आशंका गरिएको हो ।

    लगातार चार दिनदेखि ज्वरो आएपछि नेता गौतमलाई डेंगुको आशंका गर्दै रगत परीक्षण गरिएको छ । गौतमको निही सचिवालय स्रोतका अनुसार डेंगु भएको आशंकामा रगत परीक्षण गरिएको हो जसको रिपोर्ट आउन बाँकी छ । शनिबारबाट शुरु भएको ज्वरोले गौतमलाई नछोडेपछि डेंगुको आशंका गरिएको हो । नेता गौतम सिंगापुरबाट गत २० भदौमा स्वदेश फर्किएका हुन् ।

    सिंगापुरमा डेंगुको महामारी फैलिएपछि आपतकाल नै घोषणा गरिएकाले नेता गौतमलाई उतै संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…