• काठमाडौं। प्रहरी महानिरीक्षक शर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन्।

    प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुने चेतावनी दिए। उनले विदेशी अपराधीहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने चेतापनी दिए।

    उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाइ छ।

    मंगलबार नेपाल पुलिस क्लव परिसरमा एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी गरे।

    प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाइन्छ भन्ने गलत सोच नराख्न आग्रह गरे। उनले साइबर क्राइम नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको जनाए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…